बैशाखपछि ओली जान्छन्, अर्को खिलराजको खोजी भइसकेको छः पुन



न्युज अफ नेपाल, प्यूठान ।

नेकपा स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ ले प्रधानमन्त्री केपी ओलीलाई गणतन्त्र मन नपरेका कारण अर्कै बाटो हिंड्न खोजेको बताउनुभएको छ ।

२०६२/०६३ को जनआन्दोलन उत्कर्षमा पुग्दै गर्दा ओलीले नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना सम्भव नभएको अभिव्यक्ति दिएको स्मरण गर्नुभयो । पुनले तत्कालीन एमालेले गणतन्त्रको लाइन पारित गर्दा ओलीले ‘नोट अफ डिसेन्ट’ नै लेखेको उल्लेख गर्नुभयो ।

‘उहाँले नेपालमा गणतन्त्र आउनु बयलगाढा चढेर अमेरिका गएजस्तै कठिन हुने बताउनुभएको थियो’, नेकपा प्रचण्ड–नेपाल पक्षका कायर्यकर्ता भेलालाई प्ठूठानमा सम्बोधन गर्दै पुनले भन्नुभयो, ‘हामीले उहाँको विचारमा परिवर्तन आयो होला भन्ने विश्वास गर्‍यौँ, तर उहाँ बयलगाढाकै मनोविज्ञानमा हुनुहुँदोरहेछ ।’

गणतन्त्रविरोधी भएर पनि त्यसका सबै प्रतिफल लिएको र नेता नै मै हुँ भन्ने घमण्ड र अहंकारका कारण ओलीले असंवैधानिक रपमा संसद विघटन गरेको आरोप पुनले लगाउनुभयो । ओलीलाई दक्षिणपन्थको आरोप लगाउँदै पुनले दक्षिणपन्थहरु क्रान्तिकारी आन्दोलन हाबी हुँदा पछि लाग्ने र अलिकति मात्र कमजोर हुँदा टाउको उठाउने गरेको इतिहास संसारभर रहेको चर्चा गर्नुभयो ।

झापा आन्दोलनको क्रान्तिकारी बिरासतमा शान्तिपूर्ण राजनीतिक प्रतिस्धर्पाबाट लोकप्रिय बन्न सफल तत्कालीन एमाले र जनयुद्धमार्फत उदाएको माओवादी दुवै पार्टीले आ–आफ्ना महाधिवेशनबाट पुँजीवादी क्रान्ति सकिएको निस्कर्षसहित समाजवादतर्फ जाने समान लक्ष्य लिएपछि एकता सम्भव भएको भन्दै पुनले ओलीका कारण एकता भाँडिएको टिप्पणी गर्नुभयो । ओलीसँग सानो झुण्ड बाहिरिए पनि जबजको मार्गनिर्देशनमा एमालेलाई जनताबीच लोकप्रिय बनाउने, पार्र्टीलाई विविध, प्रक्रिया, पद्धति र विचारका आधारमा अघि बढाउनुपर्छ भन्ने सोचका माधव नेपाल, झलनाथ खनाललगायत ठूलो पंक्ति र पूर्वमाओवादी एक ढिक्का भएको पुनको दाबी छ ।

‘केपी ओलीको निरंकुश शैली, व्यक्तिवाद र सन्काहा प्रवृत्तिका कारण एकता जोगाउन नसकिएकामा अप्ठेरो र लज्जित महसुस भएको छ’, पुनले भन्नुभयो, ‘ तर, एमाले निर्माण गर्ने, विचार, विधि, पद्धतिमा आधारित पार्टी निर्माण गर्ने माधवकुमार नेपाल हो, झलनाथ खनाल हो, त्यो प्रवृत्ति हामीसँगै छौं ।’ ओलीले एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने, मुलुकलाई समाजवादको दिशामा लैजाने, मुलुकको विकास गर्ने भन्दा पनि आफूर्लाइ सत्तामा उक्लले भर्‍याङका रुपमा पार्टी एकता गरेको पुष्टि अहिले आएर भएको टिप्पणी पुनले गर्नुभयो ।

मन्त्रिपरिषदमा ओलीसँग तीन वर्ष सँगै काम गर्दा उनमा फाँसिवादी चरित्र देखेको टिप्पणी पुनले गर्नुभयो । ओलीमा आलोचना गर्नेलाई सत्रु र समर्थन गर्नेलाई दास ठान्ने प्रवृत्ति हाबी रहेको पुनको आरोप छ । ‘ओलीमा फाँसीवादी चरित्र छ । फासिष्टको कोही मित्र हुँदैन, कमरेड हुँदैन । फाँसीवादीसँग दास, पिछलग्गु मात्र हुन्छन् । जे पनि पनि हवस महाराज भन्ने प्रवृत्तिका मान्छेहरु हुन्छन् । आलोचना गरे सत्रु मात्र हुन्छ । समर्थन गर्दा दास मात्र हुन्छ ।’

सोही प्रवृत्तिका कारण ओलीले तत्कालीन एमालेको नवौं महाधिवेशनबाट निर्वाचित महासचिव योगेश भट्टराईलाई ‘केटो’ को संज्ञा दिएको पुनले उल्लेख गर्नुभयो । ‘नवौं महाधिवेशनबाट सचिव चुनिएको योगेश भट्टराईलाई एउटा केटो प्वाक्क लात्तीले हानेर हिंड्यो भन्ने यो कस्तो चरित्र हो ? आफूलाई मान्दासम्म ‘असल केटो’ हुने । हिंडेपछि लात्तीले हानेको जस्तो एक्टिङ नै गरेर लात्ती उठाएको भिडियो देखियो’, पुनले भन्नुभयो, ‘ देख्दा पनि लाजै लाग्छ । आफूसँग असहमत हुनेलाई अपमान गर्ने उहाँको संस्कार नै रहेछ ।’

यस्तै आफ्ना अध्यक्षद्वय प्रचण्ड–नेपालमाथि ‘दुईटा खिया लागेको नटबोल्ट’ र ‘भेट्नु कुहिएको फल’ को संज्ञा दिएकामा पनि पुनले आपत्ति जनाउनुभयो मन्त्री पुनले आफूहरुसँग कुरा गर्दा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतका प्रभानमन्त्री नरेन्द्र मोदीभन्दा माथि रहेको अहंकार प्रस्तुत गर्ने गरेको सुनाउनुभयो । ‘ट्रम्प व्यापारी हो । उनलाई यूएनमा भाषण सुनाउन खोजेको थिएँ । प्रचण्डले सरकार ढालेका कारण पाइनँ । सी जिनफिङ उमेरले मभन्दा सानो हो । नरेन्द्र मोदी म जेलमा बस्दा जोगी भएर हिंडिरहेका थिए । आरएसएसको सदस्य भएर तालिम गर्दै थिए । पुटिन त म जेलमा हुँदा गुप्तचरको प्रमुख हो । राजनीतिज्ञ होइन । समकालीन नेताहरुमा म सबैभन्दा माथि छु भन्नुहुन्छ’, पुनले भन्नुभयो, ‘दुनियाँका अगाडि अहंकारी राष्ट्रवादी व्यक्तित्व बनाउने अनि गोयल आएपछि रातारात अर्कोतिर हिंड्ने दोहोरो चरित्र ओलीमा देखियो ।’

कम्युनिष्ट नेतृत्वमा अनुकुल वा प्रतिकूल दुवै अवस्थामा वर्ग, देशप्रतिको दृष्टिकोण र क्रान्तिप्रतिको निष्ठा निरन्तर हुनुपर्नेमा ओलीमा त्यो नरहेको टिप्पणी उहाँको छ । यस्तै ओलीमा मुर्खता रहेको पनि उहाँको टिप्पणी छ । गत जेठमा स्थायी समिति बैठकमा नेताहरुले पार्टी र सरकार ठीक दिशामा गएन, जनतासँग पाएको म्याण्डेटअनुसार सरकार चलेन भन्ने विषय उठाउँदा ओलीले ‘मैले पद छाड्नुपर्‍याे भने कुर्सी नै भाँचिदिन्छु भनेर हिंडेको’ टिप्पणी गर्नुभयो ।

पुनले ओलीको नेतृत्वमा सानो गुट विचलित भएर बाहिरिए पनि विचार, विधि, पद्धतिमा चल्ने माधव नेपालको मूल प्रवृत्ति र जनयुद्ध जनआन्दोलनको नेतृत्व गरेका प्रचण्ड रहेको पार्टी नै मुल धारा प्रवाह भएको दाबी पुनले गर्नुभयो । ४ सय ४१ सदस्यीय केन्द्रीय समितिका ३ सय १५ जना मूल नेकपाका रहेको भन्दै उहाँले विधि, पद्धति, विचार र जनमतबाट विचलित भएको ओली नेतृत्वको सानो झुण्ड बाहिरिँदैमा कम्युनिष्ट आन्दोलन कमजोर नहुने दाबी गर्नुभयो । माधव नेपाल र प्रचण्डबीच ४० वर्ष लामो सहकार्य र मित्रता रहेको चर्चा गर्दै वामदेव गौतम र युवराज ज्ञवालीलाई रोल्पामा पठाएर दुई पार्टीबीच सहकार्यको ६ बुँदे सहमति नेपालले नै गराएको स्मरण गर्नुभयो । सोही ६ बुँदेको आधारमा १२ बुँदे सहमति भएको र त्यसले नेपालमा राजतन्त्र अन्त्य गरेको उहाँको भनाइ छ । माधव नेपालमा रहेको विधि, पद्धति, निष्ठा र विचारको दृढता तथा प्रचण्डमा रहेको गतिशिलता, छलाङ, क्रमभंग र फराकिलो घेरामा बसेर काम गर्न सक्ने क्षमताले कम्युनिष्ट आन्दोलन र मुलुकलाई सफलतापूर्वक हाँक्न सक्ने विश्वास आफूहरुमा रहेको बताउनुभयो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संवैधानिक इजलासमा पटकपटक बहुमत प्राप्त दलको नेताले सरकार चलाउन सकेन र जनतामा जान्छु, चुनावमा जान्छु भन्दा पाउने कि नपाउने ? भन्ने प्रश्न गरेको प्रसंग कोट्याउँनुभयो । पुनले बहुमत प्राप्त दलको नेताले चाहँदैमा संसद विघटन हुने व्यवस्था संविधानमा नरहेको हेक्का राख्न सुझाव दिनुभयो । ‘वकिलहरुको र हाम्रो तर्क के हो भने पाउँदैन । एक जना नेताले सकेन भने अरु पनि विकल्प हुन्छ, राजीनामा दिएर हिंड्ने हो । काम गर्न सकेन भने राजीनामा दिन्छ,अर्को आउँछ कुरा स्पष्ट छ ।’ ओलीविरुद्ध आफ्नै पार्टीका बहुमत सदस्यले दर्ता गरेको अविश्वास प्रस्ताव संसदमा विचाराधीन रहेको भन्दै उहाँले आफ्नो दलमा र पार्टीमा समेत विश्वास कायम गर्न नसक्ने नेतालाई जनमत भंग गर्ने अधिकार नरहेको बताउनुभयो

‘बहुमतको प्रधानमन्त्रीलाई सरकार चलाउन सकिन भनेर संसद भंग गर्ने अधिकार संविधानले कहीं पनि दिएको छैन’, पुनले भन्नुभयो, ‘राजीनाम दिएर बाटो लाग्ने हो, मार्ग प्रसस्त गर्ने हो । घात गर्ने होइन ।’ संविधनमा कहीं पनि संसद भंग हुने व्यवस्था नरहेकाले पुर्नस्थापना हुनेमा उहाँको विश्वास छ । संसद् पुर्नस्थापना नभए संविधान मिचिने र अन्ततः ७० वर्ष लामो संघर्षको बलमा प्राप्त राजनीतिक उपलब्धी गुम्ने प्रक्रियातिर जाने पुनको भनाइ थियो ।

संविधानमा व्यवस्था नभएकोबारे जानकारी भए पनि राष्ट्रिय/अन्तर्राष्ट्रिय शक्ति केन्द्र तथा निकायको सेटिङमा प्रतिनिधिसभा विघटन भएको पछिल्ला घटनाक्रमले पुष्टि गरेको उहाँको भनाइ छ । ओलीले विपक्षी र विरोधीलाई पेलेर अझै डेढ/दुई वर्ष सत्ता चलाउने सपना देखेको तर, त्यो सम्भव नभएको उकाँले बताउनुभयो । निर्वाचन घोषणा गरेका कारण वैशाख अन्तिमसम्म वैधानिकता रहे पनि त्यसपछि वर्तमान कामचलाउ सरकारको वैधता सकिने पनि उहाँले स्पष्ट गर्नुभयो । ओलीलाई सक्साएर प्रतिनिधिसभा विधटन गराउने शक्तिले नै अर्को खिलराज रेग्मीको खोजी गरिसकेको दाबी उहाँको छ ।

‘ओलीजीले सबैलाई पेलपाल गरेर अझै डेढ/दुई वर्ष सत्ता चलाउँछु भन्ने सपना देखिरहनुभएको छ’, पुनले भन्नुभयो, ‘जसको सेटिङमा प्रतिनिधिसभा सिध्याउनुभयो, उसैले वैशाखपछिका लागि अर्को खिलराजको खोजी गरिरहेको छ ।’ नेपालमा संविधान जारी गर्नु हुँदैन भन्दै संविधान रोक्न आएकाहरु र संविधान जारी भएपछि पनि लागू हुन दिन्नौं भन्नेहरु अहिले पनि शक्तिमै रहेको र उनीहरुको इशारामा ओलीले लोकतन्त्र, गणतन्त्र, समावेशीता तथा सामाजिक न्यायमाथि प्रहार गरेको पुनले उल्लेख गर्नुभयो ।

‘नेपालको संविधान, गणतन्त्र, समावेशीता, समाजिक न्याय जस्ता उपलब्धी खोस्ने गम्भीर खालका डिजाइन छन् । त्यसका ओली मतियार मात्र भन्नुभएको छ । वैशाखपछि उहाँलाई पनि मिल्काइन्छ । त्यसैले हामीले समय छँदै सजग गराउ नचाहेका छौं’ पुनले भन्नुभयो । ओलीले अरुका लागि खनेको खाल्डोमा आफैं फस्ने पुनको दाबी छ । तर, काँग्रेसलगाष्यत लोकतान्त्रिक आन्दोलनका सहयात्रीहरुसँग आन्दोलनमा सहकार्य गरेर संविधान बाचय छाड्ने अठोट पुनले व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्