भारतमा कोरोनाविरुद्धको खोप लगाएका २ स्वास्थ्यकर्मीको मृत्यु



एजेन्सी । भारतमा कोरोनाविरुद्धको खोप लगाएका दुई जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार जनवरी १६ मा खोप लगाएका उनीहरुको मृत्यु भएको हो ।दुबैको मृत्यु खोपसँग सम्बन्धित नभई हृदयघातका कारण भएको बताइएको छ । मृत्यु हुने दुबै सरकारी अस्पतालका कर्मचारी हुन् ।

उनीहरुको आइतबार र सोमबार भएको हो । ५२ वर्षीय महिपाल सिंहको मृत्यु खोप लगाएको एकदिनपछि भएको हो भने ४३ वर्षीय नागराजुको सोमबार मृत्यु भएको हो । भारतमा शनिबारदेखि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोनाविरुद्धको खोप दिन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्