एनसेलले ल्यायो ‘बिजप्लस’ प्लान



काठमाडौं, (नेस)

एनसेल आजियाटा लिमिटेडले सानादेखि ठूला सबै प्रकारका उद्योग, प्रतिष्ठान र कार्यालयलाई आवश्यकताअनुसारको सेवा प्रवाह गर्न ‘बिजप्लस’ प्लान सञ्चालनमा ल्याएको छ । कोरोना महामारीका कारण देशभरका साना, ठूला सबै प्रकारका उद्योगधन्दा, कलकारखाना र व्यवसायले विभिन्न चुनौतीको सामना गर्नु परिरहेको सन्दर्भमा एनसेलले सञ्चालनमा रहेको आफ्नो फास्ट फरवार्ड लाइफ अभियानअन्तर्गत नयाँ बिजप्लस प्लान ल्याएको हो ।

यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने छ । नयाँ बिजप्लस प्लानहरु साना तथा मझौला व्यावसाय, ठूला उद्योग र सरकारी कार्यालयहरुलाई लक्षित गरी ल्याइएको छ ।

साना तथा मझौला उद्योग र सरकारी कार्यालय तथा निकायले ३० दिनकालागि कर बाहेक १४९ रुपियाँबाट शुरु हुने बिजप्लस प्लान लिन सक्छन् भने ठूला उद्योग तथा कर्पोरेटले मासिक करबाहेक २९९ रुपियाँबाट शुरु हुने प्लान सुचारु गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्