नयाँ होन्डा सिटी नेपालमा



न्युज अफ नेपाल, काठमाडौं ।

नेपालका लागि होन्डा गाडीको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले होन्डा सिटीको पाँचौं जेनरेसनलाई नेपाली बजारमा भित्राएको छ । होण्डा सिटी पहिलोपटक लन्च भएदेखि यसले सेडान कारको बजारमो पृथक पहिचान बनाएको छ ।

आकर्षक डिजाइन भएकोे होन्डा सिटीको यस जेनरेसनको लम्बाई र चौडाई अघिल्लो जेनरेसनभन्दा बढी रहेको छ । होन्डा सोलिड विइङ फेस डिजाइनमा आधारित यस होण्डा सिटीमा वन् टच् इलेक्ट्रिक सन्रुफ, शार्क फिन् एन्टेना, फुल एलईडी हेड ल्याम्पका साथै ९ एरे इनलाइन शेललगायतका विशेषता छन् । नेपाली बजारमा यसको बजार मूल्य ६५ लाख ९० हजार र होण्डा सिटी र ६९ लाख ९० हजार रुपियाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्