चुनावका लागि एक लाख म्यादी प्रहरीको भर्ना खोलिँदै



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल प्रहरीले आगामाी बैशाखमा हुने निर्वाचनका लागि १ लाख म्यादी प्रहरी भर्ना गर्ने भएको छ । आगामी १७ र २७ वैशाखका लागि सरकारले मध्यावधि निर्वाचनको मिति तोकेपछि प्रहरीले १ लाख संख्या नबढ्ने गरी म्यादी प्रहरी भर्नाको तयारी गरेको हो ।

निर्वाचनको लागि आवश्यक पर्ने सुरक्षा जनशक्ति तथा बजेटको खाका पनि प्रहरीले तयार पारिसकेको छ । सरकारले पुष ५ गते संसद विघटनसंगै आगामी बैशाख १७ र २७ गते दुई चरणमा निर्वाचनको मिति घोषणा गरेको छ ।

यद्यपी यतिबेला संसद विघटनबिरुद्ध सर्वोच्च अदालतमा दर्जन बढी रिट निवेदन परेका छन् । उक्त रिट निवेदन उपर हाल निरन्तर सर्वोच्चमा सुनुवाई चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्