वेलायती प्रम जोहन्सनद्वारा खोप कार्यक्रमको प्रशंसा



लन्डन, (एजेन्सी) । 

वेलायतका सत्तरी र सो भन्दा माथिल्लो उमेरका लगायत स्वास्थ स्थिती निकै नाजुक रहेको भनी चिकित्सकीय सुचिमा परेका मानिसहरुलाई यसै साता कोरोना भाइरस विरुद्ध खोप दिइन शुरु गरिएको छ । वेलायती प्रधानमन्त्री बोरिस जोहन्सनले यो कदम मुलुकको खोप कार्यक्रमको ‘ महत्वपूर्ण कोशेढुंगा ’ भएको बताएका छन् ।

प्राथमिकता समुह तीन र चारमा परेका पचास लाख भन्दा बढि यस्ता मानिसलाई सोमवार देखि खोप लगाउन आउन सरकारले आमन्त्रण गरेको छ । वेलायतभरि दस वटा नयाँ सामुहिक खोप क्षेत्र खोलिएपछि यस कार्यक्रमलाई सुचारु ग्रिएको हो । अझै अज्ञात अवस्थामा रहेको कोभिड १९ को नया विकसित रुपको चपेटालाई मध्यनजर राख्दै वेलायतले कम्तिमा आगामी १५ फेब्रुअरी सम्म आफ्ना भ्रमण द्वारहरु नखोल्ने निर्णय गरेको छ । वेलायत भरि खोपको पहिलो डोज लिनेको संख्या बढेर ३८ लाख पुगेपछि खोप कार्यक्रलाई विस्तार गरिएको हो । जबकी कोभिड महामारी शुरु भएयता अहिले सम्म त्यहाँ कोरोना पोजिटिभ हुनेको संख्या ३४ लाख रहेको छ ।

स्वास्थ तथा सामाजिक स्याहार विभागले प्रमुख दोश्रो स्थानमा रहेका समुह केयर होममा रहँदै आएका असी वर्ष उमेरका वृद्धवृद्धा तथा अग्रमोर्चामा रहेर कोरोना विरुद्ध संघर्ष र सेवारत स्वास्थकर्मिहरुलाई खोपको प्राथमिकतामा राख्नु बाँकी नै रहेको जनाएको छ । शनिवार सम्ममा थप २ लाख ९८ हजार ८७ जना व्यक्तिलाई खोपको पहिलो डोज दिइएको बताइएको छ । यसैगरी स्वास्थ मन्त्री म्याट हन्कोकले अहिले सम्म ८० वार्ष र सो भन्दा माथिल्लो उमेरका मध्ये कम्तिा पचास प्रतिशतलाई खोपको पहिलो डोज दिई सकेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्