कारागार कार्यालय, पर्सालाई पुस्तक हस्तान्तरण



पर्सा । महान्यायाधिवक्ताको कार्यालयको तर्फबाट २०७७ माघ २ गते उच्च सरकारी वकील कार्यालय वीरगंज र जिल्ला सरकारी वकील कार्यालय, पर्सा मार्फत कारागार कार्यालय, पर्सामा रहेका कैदीबन्दीहरुको लागि पुस्तक हस्तान्तरण गरिएको छ ।

कारागार कार्यालय, पर्साको परिसरमा आयोजित एक कार्यक्रमका बीच उच्च सरकारी वकील कार्यालय वीरगंजका उपन्यायाधिवक्ता श्री मुहम्मद मुन्ना, महान्यायाधिवक्ताको कार्यालयका सहायक न्यायाधिवक्ता श्री शिव वाग्ले तथा सहायक जिल्ला न्यायाधिवक्ता श्री दिपेशप्रताप साहले कारागार कार्यालय, पर्साका सहायक जेलरलाई पुस्तक हस्तान्तरण गर्नुभयो।

सो हस्तान्तरण कार्यक्रममा उपन्यायाधिवक्ता श्री महम्मद मुन्नाले महान्यायाधिवक्ताको कार्यालयले सामान्य लेखपढ गर्न जान्ने तथा उच्च शिक्षा हासिल गरिसकेका थुनुवा तथा कैदीबन्दीहरुका लागि सुहाउँदा पुस्तकहरुका साथै कैदीबन्दीहरुका हक अधिकारका सम्बन्धमा के के व्यवस्थाहरु रहेका छन आफूलाई कुन दफा अन्तरगत मुद्दा चलाइएको हो के कति कैद भुक्तान गरिएमा छुटकारा पाउन सकिन्छ मुद्दाको पुनरावेदनको प्रक्रिया के के हो जस्ता विषयमा शिक्षीत कैदी बन्दीहरुले आफै अध्ययन गर्न सकुन भनेर नै यस प्रकार ऐन नियमका पुस्तकहरु प्रदान गरेको जानकारी दिनुभएको थियो ।

संस्थागत सुधार मार्फत न्यायमा पहुँच परियोजनासँगको सहकार्यमा रु १ लाख १७ हजार मूल्य बराबरका ऐन, नियमका संग्रह लगायतका साहित्य, इतिहास सहित अन्य पठनीय सामाग्रीहरू कैदी बन्दीलाई अध्ययन गर्नका लागि हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्