
संगीतकार संघ नेपालको राजधानीमा भएको निर्वाचनले पारस मुकारुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
नव निर्वाचित कार्यसमितिमा चेतन सापकोटा वरिष्ठ उपाध्यक्ष, हरि लम्साल प्रथम उपाध्यक्ष, अष्ट लामा द्वितीय उपाध्यक्ष, वसन्त सापकोटा महासचिव, सुदाम थापा सचिव र राजेश थापा कोषाध्यक्ष रहेका छन्।
त्यसै गरी, जेम्स प्रधान, राजन ईशान र टंक बुढाथोकी कार्यसमिति सदस्य निर्वाचित भएका छन्।