बाइडेनको शपथ ग्रहणमा लेडी गागा र जेनिफरको प्रस्तुति



पर्सि बुधबार हुने अमेरिकी राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण कार्यक्रममा अमेरिकी गायिकाहरु लेडी गागा र जेनिफर लोपेजले प्रस्तुति दिने भएका छन्।

एजेन्सीका अनुसार लेडी गागाले राष्ट्रिय गान गाउने छिन्। त्यसै गरी, लोपेजले सांगीतिक प्रस्तुति दिने समाचारमा उल्लेख गरिएको छ। ‘उनीहरूले हाम्रो महान् राष्ट्रको विशाल विविधताको स्पष्ट दृश्य प्रस्तुत गर्छन्।’ –बिहीबार जारी विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्