श्रीमतीका नाममा क्रियापुत्री भवन



ललितपुर, (नेस)

समाजसेवी राजभाइ प्रधानले आफ्नी दिवंगत श्रीमती दिव्यलक्ष्मी प्रधान अमात्यको सम्झनामा बनाइएको क्रियापुत्री भवन उहाँकै वार्षिक तिथि पारेर आइतबार हस्तान्तरण गर्नुभएको छ । करिब २२ लाखमा निर्माण सम्पन्न भएको १४ फिट चौडाइ र ६९ फिट लम्बाइ रहेको एकतले भवन एक कार्यक्रमका बीच टोल सुधार समिति कुपण्डोलका कार्यवाहक अध्यक्ष मथुरा विष्टलाई हस्तान्तरण गर्नुभएको हो ।

कुपण्डोलस्थित कृष्ण मन्दिर परिसरमा रहेको उक्त क्रियापुत्री भवनबाट एकैपटक पाँच परिवारले सेवा लिन ललितपुर महानगरपालिका–१० का वडाध्यक्ष नरसिंह व्यञ्जनकारको भनाइ छ ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि तथा समाजसेवी महेश विष्ट र पुरातत्व विभागका भूतपूर्व महानिर्देशक भेषनारायण दाहालले समाजमा राजभाइ प्रधानजस्ता दाताको खाँचो रहेको औंल्याउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्