बाइडेनको शपथ ग्रहण लगत्तैका कार्य योजना बाहिरियो



वासिंगटन,(एजेन्सी) ।

नव निर्वाचित अमेरिकी राष्ट्रपति जोय बाइडेनले यसै साता कार्यभार सम्हाले पछि जारी हुने कार्यकारिणी आदेशहरुबारे विस्तृत विवरणहरु सार्वजनिक भइरहेको छ । बाइडेनले शपथ ग्रहण गरेको दिन अर्थात २० जनवरीमा राष्ट्रपति डोनाल्ड ट्रम्पको आवत जावत माथिको प्रतिवन्धलाई दोहराउने र पेरिस जलवायु सम्झौतामा पुन प्रवेश गर्ने निर्णय गर्ने अमेरिकी संचार माध्यमले जनाएको छ ।

साथै बाइडेनले परिवारबाट छुटेका सिमा क्षेत्रका बालबालिकालाई तिनीहरुका परिवारसंग पुनर्मिलन गराउने , मास्क लगाउने लगायत कोभिड १९ सम्बन्धी अन्य नीति नियमहरुबारे कार्यक्रम घोषणा गर्ने अपेक्षा गरिएको छ । पदभार सम्हाल्ने कार्यक्रम नजिक हुनसक्ने संभावित हिंसालाई ध्यानमा राखेर अमेरिकाका पचासवटै राज्यमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । यसैगरी वासिंगटन डिसिको सुरक्षाका लागि हजारौं संख्यामा नेसनल गार्ड फोज तैनाथ गरिएको छ ।

साथैे अमेरिकी संचार माध्यमका अनुसार व्हाइट हाउस प्रवेश गरेको केहि समय पछि नै बाइडेनल ट्रम्पको प्रशासनबाट स्पष्ट अलगिएको संकेत दिने उद्देश्यले पनि नयाँ प्रशासनिक कार्यहरुको ढाँचा प्रस्तुत गर्नेछन् । कार्वन उत्सर्जन कटौति गर्ने विश्वव्यापि सम्झौता अर्थात पेरिस जलवायु सम्झौतामा अमरिकालाई आवद्ध गराइने छ । अधिकांश मुश्लिम बाहुल्य मुलुक माथि लगाइएको विवादास्पद भ्रमण प्रतिवनध हटाइने छ । अन्तर राज्य भ्रमणमा र संघिय भोतिक परिसरमा मास्क लगाउनु पर्ने नियम ल्याइने छ ।

यसैगरी पहिलो दसदिने महत्वकाँक्षी कार्य योजना अनुसार बाइडेनले कंग्रेसमा महत्वपूर्ण नयाँ आप्रवास विधेयक पठाउने तथा १ दशमलव ९ ट्रिलियन अमेरिकी डलर वरावराको कोरोना भाइरसको कारण ओरालो लागेको राष्ट्रको अर्थतन्त्र उकास्ने राहत पकेज पारित गर्ने काममा ध्यान केन्दि«त गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्