हिमाली क्षेत्रकाे खाली जमिनमा लोठ सल्लाका विरुवा रोप्न शुरु



OLYMPUS DIGITAL CAMERA

सरस्वती न्यौपाने, रसुवा ।

जिल्ला भित्र आफ्नो स्वामित्वको खालि जमिनमा लोठ सल्ला का विरुवा रोपण गराउन जागरण कार्य अगाडि बढाएको छ ।समुन्द्री सतहबाट एक हजार तीन सय देखि दुई हजार दुई सय मिटरको उचाई सम्म रोप्न सकिने लोठ सल्ला को प्रति बोटले १० केजि सम्म पात उत्पादन गर्ने र एक रोपनीमा ७० विरुवा लगाउन सकिने बताइएको छ ।

डिभिजन वन अधिकृत रामकृष्ण केसिका अनुसार रोपण गरेको सात आठ वर्षदेखि लोठ सल्लाको पातले निरन्तर आम्दानी दिने भएपछि काम को खोजिमा भौतारिएर विदेश जानु नपर्ने भएकाले सबैलाई विरुवा रोप्न आग्रह गरिएको छ ।
पाठेघर र स्तनमा भएका क्यान्सर रोग निको पार्ने औषधिको रुपमा प्रयोग हुने लोठ सल्लाको पात विक्रिबाट प्रतिकेजि रु दुई सय ५० देखि दुई सय ७५ सम्म आम्दानी हुने एकपटक रोपेको विरुवाले निरन्तर आम्दानी दिइएको डिभिजन वन कार्यालय रसुवाले जनाएको छ।

लोठ सल्लाको विरुवा रोपण लगाएत संरक्षण गर्ने तरिका सिकाउने प्राविधिक ज्ञान डिभिजन वन कार्यालय मा नै भएका दे आफ्नो निजि जमिन मा रोप्न् इच्छुक व्यक्तिले सर्मथक गर्न सक्नेछन् बाझो बसेका र जनावरले नोक्सान गर्ने जङगल छेउका जमिनमा लोठ सल्ला को खेति गर्दा उपयुक्त हुने वन प्राविधिक हरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्