ओली सरकार दलाल पूँजीपतिको कार्यकारी समिति हो : किराती



कोरिया, सौल । साहित्यकार तथा जनता समाजवादी पार्टीका युवा नेता मिलन कान्छा किरातीले वर्तमान ओली सरकार प्रतिगमनकारी, दलाल, पूँजीपतिको कार्यकारी समिति रहेको बत्ताएका छन् । ‘समृद्ध नेपाल निर्माणको लागि मेलोमा फर्कौँ’ अभियानले आयोजना गरेको भच्र्युअल कार्यक्रमलाई कोरियाको राजधानी सिऔलबाट सम्बोधन गर्दै किरातीले उक्त कुरा बत्ताएको हो । सो अभियानको सेन्ट्रल कोर्डिनेटरसमेत रहेका किरातीले मेलोमा फर्कनु अघि नै ओलीले लोकतन्त्र अपहरण गरि लगेकाले सबैजना यसको विरुद्ध कडा उत्रिनु पर्ने बत्ताए ।
जसपाको प्रवास प्रदेश पूर्व उपाध्यक्ष तथा हाल केन्द्रीय तहमा रहेका उनी आवद्ध पार्टीबारे सोधिएका केहि जिज्ञासाबारे किरातीले धेरै बोल्न चाहेनन् ।

तर उनले छोटोमा भने, ‘डबल नेकपा, दुईतिहाई ओलीे सरकारको औकात हेरेपछि पार्टी ठूलो कि असल बनाउने ? जसपा सचेत हुनेछ । पार्टी विचारको पुञ्ज हो । अनेक विचार छन् । हाम्रो युवाको पनि विचार छ । हालको पुरानो प्रवृतिको नयाँ संस्करणलाई पूर्णरुपले नयाँ स्वरुप र संस्कारमा ढाल्ने क्लियर स्ट्रक्चरसहित फुल रोडम्याप युवासँग छ । नेतृत्वसँग छलफल हुन्छ । सङ्घर्ष हुन्छ । सहकार्य हुन्छ । हेरौँ, केके हुन्छ । राम्रै हुन्छ ।कोरोना महामारी र वर्तमान राजनीतिक सङ्कटले निम्त्याएको अस्थिरताका कारण लगानी गर्न र मेलोमा फर्कन वातावरण बनाईदिन सम्बन्धित निकायसँग अपिल गरिने अभियानका कोर्डिनेटर तथा माइग्रेन्ट नेपाली युनियनका केन्द्र संयोजक डा. राजन जिसीले बताए ।

प्रतिक्रिया दिनुहोस्