थप २६६ जनामा कोरोना संक्रमण पुष्टि, ४ सय डिस्चार्ज, ५ को मृत्यु



न्युज अफ नेपाल, काठमाडौँ ।

पछिल्लो २४ घण्टामा देशभर थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज थप ४०० जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै कोरोना मुक्त हुनेको संख्या २ लाख ६१ हजार ४४४ पुगेको छ ।

त्यस्तै, सोही अवधिमा थप ५ जना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ५९ पुगेको छ । हाल देशभर ३ हजार ९१९ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्