आफुँले भर्ना गरेका पाँच बिद्यार्थीलाई नियमित सहयोग गर्दै :अध्यक्ष तिमिल्सिना



दुर्गा प्रसाद शर्मा ,पर्वत । पर्वतको कुस्माबजार स्थित शिबालय माबिको कक्षा ९ मा अध्ययनरत सुहानी नेपालीलाई शनिबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक शैक्षिकसत्रका लागि आवश्यक पर्ने रकम नगदै दिनुभयो ।
तिमिल्सिनाले आगामी शैक्षिकसत्र र चालु शैक्षिक सत्रमा लाग्ने सबै खर्चका लागि १० हजार नगद रकम दिदै गर्दा सुहानी खुसी थिइन । सुहानीले तीन बर्ष देखि अध्यक्ष तिमिल्सिनाको नियमित रुपमा सहयोग पाउँदै आएकी छन । नवजागृत माबि मोदी गाउँपालिका –६ मा अध्ययनरत अनुप जिसीलाई पनि अध्यक्ष तिमिल्सिनाले नगद हस्तान्तरण गर्नुभयो भने देउपुर नमुना माबिमा अध्ययनरत निकिता थापाले पनि आर्थिक सहयोग पाइन ।तीन बर्ष पहिले मुलुकभर भर्ना अभियान चलेका बेला गृह जिल्लामा बिद्यार्थी भर्ना गर्नुभएका अध्यक्ष तिमिल्सिनाले यसरी नियमित रुपमा न बिद्यार्थीलाई लागेको खर्च नियमित रुपमा दिदै आउनुभएको छ ।

अध्यक्ष तिमिल्सिनाले बर्षमा दुई वा तीनपटक अभिभावक र बिद्यार्थीलाई नै भेटेर सहयोग गर्दै आउनु भएको छ ।भर्ना अभियानमा अभिभावकत्व ग्रहण गरेपछि नियमित रुपमा त्यो दायित्व पुरा गर्नुपर्छ भनेर सहयोग गर्दै आएको छ । उहाँले भन्नुभयो ‘बिद्यार्थीको पठ्नपाठनमा सुधार आएको र नियमित बिद्यालय गएको सुनेपछि उनीहरुलाई सहयोग जारी राख्न उत्साह थप्दो रहेछ । शैक्षिकसत्रमा अध्ययनका लागि खर्चको कमी नहोस र नयाँ शत्रमा बिद्यालय जान बिद्यार्थीलाई प्रोत्साहन मिलोस भन्ने उद्देश्य राखेको अध्यक्ष तिमिल्सिनाको भनाई छ ।

अध्यक्ष तिमिल्सिनाले पर्वतमा तीन जना र पोखरामा दुई जना बिद्यार्थीलाई अभिभावकत्व ग्रहण गर्दै गत बर्ष बिद्यालयमा भर्ना गर्नुभएको थियो । तीन बर्ष पहिले बिद्यार्थी भर्ना अभियानका क्रममा देशभर बिद्यार्थीको जिम्मा लिएर बिद्यालय भर्ना गर्ने अभियान नै चल्यो । बिद्यार्थीलाई बिद्यालय भर्ना गर्दा आर्थिक सहयोग गर्ने देखि पोशाक, झोला र स्टेशनरी सम्म आँफैले बेर्होने भनेर भर्ना पनि गरियो । धेरैले आँफुले भर्ना गरेका बिद्यार्थीहरुका बारेमा पछिल्ला दिनमा चाँसो राख्न छाडेका छन तर राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले भने आफुँले भर्ना गरेका बिद्यार्थीलाई नियमित सहयोग गर्दै आउनुभएको छ ।

पोखराको धर्मस्थली निमाबिमा पढ्ने आकाश परियार र फेवा पब्लिक स्कुलमा पढ्ने भावना नेपालीलाई पनि शैक्षिकसत्रको शुरुवात, बिचमा र अन्त्यमा सहयोग गर्दै आउनुभएको छ । ‘मैले जिम्मा लिएका बिद्यार्थीलाई कम्तीमा दश कक्षा सम्म अध्यन गर्न लाग्ने नियमित खर्च बोर्होनेछु’ अध्यक्ष तिमिल्सिनाले भन्नुभयो ‘त्यसपछि पनि उच्च शिक्षाका लागि संभब भए सम्म सहयोग गर्ने मनस्थिति बनाएको छु’ । उहाँले बिद्यालयका प्रधानाध्यापक र अभिभावकलाई समेत बिचबिचमा सम्पर्क गरि बिद्यार्थीको सिकाईका बारेमा जानकारी लिदै आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्