आज निर्वाचन आयोगले सर्वदलीय छलफल गर्दै



 काठमाडौं । निर्वाचन आयोगले आज सर्वदलीय छलफल गर्दै छ । छलफलका लागि दलका प्रतिनिधिहरुलाई आयोगले कान्तिपथस्थित आफ्नै कार्यालयमा बोलाएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आगामी निर्वाचनका विषयमा दलहरुसँग छलफल गर्न लागिएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुष ५ गते प्रतिनिधिसभा विघटन गरी आउँदो माघ १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्