नयाँ वर्षलाई मनसँग मन



सरकारले खोल्न बाँकी अन्य क्षेत्रसँगै फिल्म क्षेत्र पनि खुला गरेपछि नयाँ फिल्म रिलिज हुन थालेको छ। माघेसंक्रान्तिको अवसर पारेर गत बिहीबार मात्र अभिनेता शिव श्रेष्ठद्वारा निर्मित फिल्म एउटा यस्तो प्रेम कहानी रिलिजमा आएको छ भने यसलगत्तै अर्को नयाँ फिल्म रिलिजको घोषणा गरिएको छ।

कैलाश राईद्वारा निर्देशित फिल्म मनसँग मनको निर्माण संस्थाले आगामी चैत २७ गते अल नेपाल यो फिल्म रिलिज गर्ने घोषणा गरेको छ। रिलिज डेट घोषणा गरिएसँगै यसमा समावेश मेरो त भाग्य बोलको गीत सार्वजनिक गरिएको छ। नयाँ वर्षको छेको पारेर रिलिज गर्न लागिएको फिल्ममो यो गीतमा डेभिड शंकर र भावना थापाको स्वर, दीपक शर्माको संगीत र विपीन किरणको शब्द रचना रहेको छ। “

गीतको भिडियो सौरभ लामाले खिचेका छन् भने रामजी लामिछानेको कोरियोग्राफी र अर्जुन जिसीको सम्पादन रहेको छ।
गीतको यो आकर्षक भिडियोमा फिल्मका मुख्य कलाकार नायक पुष्प खड्का, नायिका वर्षा शिवाकोटीको नृत्य हेर्न सकिन्छ। यस्तै, अतिथि कलाकारका रूपमा नायक पल शाह र नायिका पूजा शर्माले नृत्य गरेका छन्। गीतको भिडियोमा कलाकारद्वय बुद्धि तामाङ र रवीन्द्र झालाई पनि देख्न सकिन्छ।”

फिल्ममा पुष्प खड्का, वर्षा शिवाकोटी, बुद्धि तामाङलगायतका कलाकारले अभिनय गरेका छन्। सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेनमेन्टको प्रस्तुतिमा अरुण तामाङले यो फिल्म निर्माण गरेका हुन्। फिल्म वितरणको जिम्मा रिच इन्टरटेन्मेन्ट, जीजीए ग्रुप र एफडी कम्पनीले लिएको छ।

प्रतिक्रिया दिनुहोस्