संविधानबमोजिम नै संसद् विघटन



ललितपुर, (नेस)

अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभा विघटन संविधानबमोजिम भएको जिकिर गर्नुभएको छ । ललितपुर चेम्बर अफ कमर्सको पहिलो साधारणसभाको शनिबार उद्घाटन गर्दै उहाँले सो जिकिर गर्नुभएको छ ।

संविधानको धारा ७६ र ८५ ले प्रतिनिधिसभा विघटनको परिकल्पना गरेको तर संविधानको अपव्याख्या गर्दै विरोध गरिएको बताउँदै अर्थमन्त्री पौडेलले सोहीअनुरुप सरकारले काम गरेको धारणा राख्नुभयो । बहुमत प्राप्त दलले प्रतिनिधिसभा विघटन गर्न पाउने अधिकार संविधानले दिएको पनि उहा“ले दाबी गर्नुभयो ।

देश अनिर्णयको बन्दी भएकाले थप निर्णयका लागि जनतामा जानुपरेको बताउँदै उहाँले भन्नुभयो– ‘अनिर्णयको बन्दी भएपछि सार्वभौमसत्ता सम्पन्न जनतासमक्ष जानुको अर्को विकल्प छैन । त्यसैले तोकिएको मितिमा निर्वाचन हुन्छ, ढुक्क हुनुहोस् ।’

स्वतन्त्र एवं सक्षम न्यायपालिकाको अवधारणाको मर्मलाई आत्मसात गर्न पनि अर्थमन्त्री पौडेलले आग्रह गर्नुभयो । उहा“ले सर्वोच्चको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको वैधता परीक्षण गर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्