नेवाः पत्रकार राष्ट्रिय दबूलाई चेम्बर अफ कमर्शको सम्मान



न्युज अफ नेपाल, ललितपुर ।

ललितपुर चेम्बर अफ कमर्शले नेवाः पत्रकार राष्ट्रिय दबूलाई सम्मान गरेको छ ।

चेम्बर अफ कमर्शको पहिलो वार्षिक साधारण सभाको अवसरमा शनिबार नेवाः पत्रकार राष्ट्रिय दबूलाई संस्थागत रुपमा सो कदरपत्र प्रदान गरिएको हो ।

सो अवसरमा नेपाल चेम्बर कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले पत्रकार राष्ट्रिय दबूका महासचिव सुनील महर्जनलाई खादा र अर्थमन्त्री विष्णु पौडेलले कदर पत्र प्रदान गर्नुभयो । महासचिव नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका सहायक सम्पादक समेत हुनुहुन्छ । सो अवसरमा सञ्चार क्षेत्रबाट कमर्श स्थापना र त्यसले उठाएका आर्थिक समृद्धि, व्यवसायीहरुको समस्या र हकहितको पक्षमा सञ्चार क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याएकोमा नेपाल मण्डल टेलिभिजन, उज्यालो एफएम नेटवर्क र अनलाईन पत्रिकालाई कदर पत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्