रसुवागढी नाका हुँदै नेपाल भित्रिने पर्यटकको संख्यामा कमी



सरस्वती न्यौपाने, रसुवा ।

२०२० मा नेपालको चीन सँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी बाट न्युन पर्यटक नेपाल भित्रिएको छन् ।

काभिड —१९ का कारण नेपाल भित्रनै पर्यटकको संख्यामा कमी आएको हो ।नाकाबाट प्रतिवर्ष १० देखि ३१ हजार सम्म पर्यटक आउने गरेको मा सन् २०२० मा पाँच सय ३२ पर्यटक नेपाल आएको अध्यागमन कार्यालय रसुवाले जनाएको छ ।नाका सञ्चालन भएदेखि कै कम सङख्या हो ।

पछिल्लो आठ महिना मा नाकाबाट पर्यटक नआएको समेत बताइएको छ ।चीनको वुहानमा कोरोना भाइरस देखिएपछि चिनियाँ पक्षले लकडाउन गरेको थियो ।त्यसयता अहिलेसम्म नाकाबाट पर्यटक आउने तथा जाने क्रम नै ठप्प बनेको छ अहिले नाकाबाट सिमित चिनियाँ सामाग्री भित्रिने गरेको भए पनि मान्छेको आवत जावत खुल्ला गरिएको छैन् ।

कार्यालयको तथ्याङक अनुसार नाकाबाट नेपाल भित्रिने तथा चीन तर्फ जाने पर्यटकको सङख्या अहिले सम्म कै न्युन छ । २०२० को जनवरि महिना मा पाँच सय २६ र फेबु्रअरी महिनामा ५ जना नेपाल आएकोमा दुई जना पर्यटक चीन तर्फ गएका थिए ।जनवरि महिनामा एक सय ८० र फेबु्रअरी महिनामा २२ जना पर्यटक चीन तर्फ गएका छन् ।

नेपाल घुम्न आउने धेरैजसो चिनियाँ पर्यटकले करिब ३० दिनको भिसा लिने गरेका छन् ।अधिकांश चिनियाँ पर्यटक ले ल्हासा गोन्जाउ बाटै भिसा लगाएर आउने गरेका छन् ।करिब १० प्रतिशत पर्यटक ले मात्र रसुवागढी अध्यागमनबाट भिसा लिने गरेका छन् ।

रसुवागढी अध्यागमन कार्यालय ले विश्वका १२ वटा देशलाई अन अराइभल भिसा उपलब्ध गराउदै सरकारी र कुटनितिक राहदानी बाहेक नाइजेरिया धान जिम्बाबे स्विटजरल्यानड क्यामरुन सोमालिया लाइबेरिया इथियोपिया इराक प्यालेस्टाइन अफगानिस्तान र सिरिया का नागरिकले विदेश स्थित नेपाली दुतावास वा कुटनितिक नियोगबाटै अग्रिम भिसालीई आउनुपर्नेछ ।

रसुवागढी नाकाबाट सन् २०१५ अप्रिलदेखि पर्यटक आउने क्रम सुरु भएको हो ।रसुवागढी नाका हुदै आएका पर्यटक सीधै काठमाण्डौ पोखरा तथा लुम्बिनि जाने गरेका छन् ।नाकाबाट आउने पर्यटक मध्ये करिब ६० देखि ७० प्रतिशत हिस्सा चिनियाँ पर्यटकले ओगटेको छ ।

चीन सार्क राष्ट्रका अफगानिस्तान बाहेक अन्य देश र १० वर्षमुनि का बालबालिका ले गे्रस भिसा पाउँछन् यसकारण पनि चिनियाँ पर्यटक बढेका थिए ।

२०१६ मा चीनले अन्तराष्ट्रिय नाका घोषणा गरेपछि तेस्रो देशका पर्यटक आउन थालेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्