गोसाईकुण्डको एकीकृत विकासका लागि सात करोड बजेट विनियोजन



सरस्वती न्यौपाने, रसुवा ।

बागमति प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय ले गोसाईकुण्डको एकीकृत विकासका लागी सात करोड बजेट विनियोजन गरेको छ ।
मन्त्रालयले पहिलो चरणमा योजना अन्र्तगत विस्तृत परियोजना प्रतिवेदन (डि.पि.आर) तयार पारेपछि चालु आ.ब. को २०७७/०७८ का लागि सात करोड बजेट विनियोजन गरेको हो ।

योजना अन्तरगत गोसाईकुण्ड क्षेत्रमा गुम्बा घरको सिभिल निर्माण कार्य विद्युतिय कार्य मन्दिर निर्माण ढुङगाको गाह्रो बनाई तारबार लगाउने ढल निकास स्थल निर्माण ट्रस्ट निर्माण चोलाङ पाटि देखि लौरिविनायक सम्म भन्ज्याङ निर्माण त्रिशुल धारामा भन्ज्याङ निर्माण र हेलिप्याड निर्माण कार्य गरिनेछ ।

यसका लागी २२ करोड ४२ लाख ७१ हजार तीन सय ५१ रुपैया खर्च लाग्ने छ ।योजना अन्र्तगत नै खानेपानी वितरणका लागी एक करोड ४० लाख १८ हजार चार सय ७९ खर्च लाग्ने बताइएको छ ।मन्त्रालयले योजना सञ्चालनका लागी ३५ करोड आठ लाख एक हजार सात सय ६२ रुपैया खर्च लाग्ने छ ।

खानेपानी वितरणका लागी २० वर्षको समयावधि प्रक्षेपण गरेर डिपिआर निर्माण गरिएको छ ।डिपिआर अनुसार यस क्षेत्रमा हाल २५ घरधुरी मा एक सय ५० जनसङख्या रहेको देखिन्छ ।एकीकृत विकास योजना गोसाईकुण्ड वरिपरि हुने भौतिक निर्माृण र धुन्चे गोसाईकुण्ड पद मार्ग लाई मात्र समावेश गरिएको छ ।

जिल्लामा धार्मिक पर्यटन को विकास गर्ने आर्थिक अवस्थामा सुधार ल्याउने सामाजिक तथा साँस्कृतिक संरक्षणका लागी योजना सञ्चालन गर्न लागिएको हो ।केहि वर्ष पहिले गोसईकुण्ड मा मेलाको समय मा मात्र तीर्थयात्रि आउने गरेको मा पछिल्लो समय हिँउ पर्ने समयमा बाहेक अन्य समयमा आउने गरेका छन् ।

प्रचार प्रसार को कारणले गोसाईकुण्ड गाउँपालिका ५ मा पर्ने गोसाईकुण्ड मा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बर्सेनी बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्