प्रचण्ड जस्तो इमान्दार नेता अरु कोही छैन : अध्यक्ष नेपाल



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष माधव नेपालले नेकपाकै अर्का अध्यक्ष प्रचण्डजस्तो इमान्दार नेता अरु नभएको बताएका छन् । आज बिहान घोराहीमा एक पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘प्रचण्ड जस्तो व्यवहारमा इमान्दार कोही छैनन् । केपी ओलीमा नैतिकता छैन ।  अहमता र तानाशाह प्रवृत्ति छ’, उनले भने, ‘प्रचण्ड र मप्रति अवस्विास सिर्जना र भ्रम छर्ने काम केपी ओली गुटले प्रयास गरिरहेको छ । दुई–चारजना चोइटिएर जाँदैमा कुनै असर पर्दैन ।’

उनले केपी ओली नैतिकता र इमान हराएको ब्यक्ति भएको समेत बताए । उनले पार्टीभित्र प्रचण्डसंग आफ्नो कुनै असमझदारी नरहेको पनि बताएका छन् । यसअघि एक कार्यक्रममा प्रचण्डले पनि माधव नेपाल र आफू धेरै मिल्ने नेता भएको बताएका थिए । उनले मिल्ने मान्छेको कुरै बेग्लै हुन्छ भन्दै आफूहरु पालैपालो बैठकमा अध्यक्षता गर्ने गरेको पनि बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्