पर्वतमा पनि मोटरसाईकल प्रयोग गरि सुनका सिक्री र झोला चोर्ने गिरोह सक्रिय, दुई जना पक्राउ



न्युज अफ नेपाल, पर्वत ।

बाटोमा हिडिरहेका ब्यक्तिको सिक्री तथा झोला मोटरसाइकल र स्कुटर प्रयोग गरि चोरी गर्ने गिरोह पर्वतमा पनि सक्रिय रहेको भेटिएको छ । मोटरसाइकल र स्कुटरमा सवार चोरले बाटोमा हिड्ने सर्वसाधरणको सिक्री तथा झोला लुछेर भाग्ने क्रममा पर्वतमा दुई जना अभियुक्त पक्राउ परेपछि यस्तो गिरोह सक्रिय रहेको पाइएको हो ।

पक्राउ पर्नेमा बाग्लुङ्ग नगरपालिका वडा नं १२ अमलाचौरका २३ बर्षिय शिब बिश्वकर्मा र २० बर्षिय सागर सापकोटा रहेका छन । अभियुक्तले प्रयोग गर्दै आएको प्रदेश २–०३–०१०–प–१५०३ नम्वरको स्कुटर समेत प्रहरीले नियन्त्रणमा लिएको । उनीहरुले पौष २९ गते मोदी गाउँपालिका वडा नं ८ पाउदीखेत भन्ने ठाउँमा सडकमा हिडीरहेकी सोही ठाउँकी ७० बर्षिया महिलाको नगद सहितको झोला चोरी गरेर भागेका थिए । ”

स्कुटर चढेर हिडेका दुई जना अपरीचित व्याक्तिहरुले महिलाको झोला खोसेर भागेको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले कुस्मा नगरपालिका – ११ ११ पकुवा स्थित सार्बजनिक स्थानमा फेला पारेका थिए । उनीहरुको साथबाट चोरी गरेको नगद १९ हजार १ सय ३० झोला, चोरी गर्न मानिसलाई लठ्याउन प्रयोग गर्ने क्लोरोफम नामको रसायन तथा कैची समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी बिश्वराज अधिकारीले जानकारी दिनुभयो ।

अस्पतालमा अप्रेसन पुर्व बिरामीलाई बेहोस पार्न प्रयोग गरिने औषधी समेत बरामद गरिएका कारण अभियुक्तहरुले यस्तो औषधी प्रयोग गर्दै लुटपाट गर्दै आएको हुन सक्ने उहाँले बताउनुभयो । छिमेकी बागलुङ्गमा औषधी सुँघाएर लुटपाट भएका घटना यस अघि सार्वजनिक समेत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्