विश्वभर २० लाख १६ हजार जनाको कोरोना संक्रमणबाट मृत्यु, ६ करोड ७२ लाख निको



एजेन्सी । शनिबार बिहानसम्ममा ६ करोड ७२ लाख ९९ हजार ९० जना संक्रमित कोरोनामुक्त भएका हुन् । हालसम्म विश्वमा ९ करोड ४२ लाख ४५ हजार २७४ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २० लाख १६ हजार ६२ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा २ करोड ४९ लाख ३० हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म २ करोड ४० लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये १ करोड ४२ लाख १० हजारभन्दा बढी निको भएका छन् भने ४ लाख १ हजार ४५८ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म १ करोड ५ लाख ४२ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये १ करोड १ लाख ७६ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ५२ हजार ९४ जना पुगेको छ ।

नेपालमा हालसम्म २ लाख ६६ हजार ८१६ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये २ लाख ६० हजार ५६७ जना निको भएका छन् । यहाँ कोरोनाबाट १ हजार ९४८ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्