गाउँ नगरमा उत्रीयो ओली पक्ष, जनाधार आफ्नै पक्षमा भएको निष्कर्ष



नानीराम नेपाल, सिन्धुपाल्चोक ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ‘केपी ओली खेमा’ ले सिन्धुपाल्चोकमा गाउँरनगर कमिटिका बिस्तारित बैठक सम्पन्न गरेको छ ।

सिन्धुपाल्चोकका ९ स्थानिय तहमा शुक्रबार एकसाथ पालिका कमिटिका बिस्तारित बैठक सम्पन्न भएको जिल्ला अधिवेशन आयोजक कमिटिका संयोजक बालकृष्ण देउजाले जानकारी दिनुभयो । संयोजक देउजाका अनुसार जिल्लाको त्रिपूरा सुन्दरी गाउँपालिका , भोटेकोसी गाउँपालिका र जुगल गाउँपालिका बाहेक अन्य गाउँ नगरमा एकसाथ बैठक बसेको छ ।

नेकपाका केन्दृय सदस्य एवम् बागमती प्रदेशसभाका सांसद सरेश नेपाल र केन्द्रिय सदस्य होमनारायण श्रेष्ठले चौतारा साँगाचोकगढी नगर कमिटिको बैठकमा संवोधन गर्नुभएको छ । मेलम्चिमा बालकृश्न देउजा, पाँचपोखरी थाङ्पाल गाउँपालिकामा केन्द्रिय सदस्य हस्त पण्डित र डोल्मा तामाङले संवोधन गर्नुभयो ।बार्हबिसे नगरपालिका, बलेफी गाउँपालिका, सुनकोसी गाउँपालिकामा पनि बिस्तारित बैठक सम्पन्न भएका छन ।

ओलि पक्षको बिस्तारित बैठकले गाउँ नगर र वडा तहमा पार्टी फूट्को पक्षमा लागेको भन्दै जिम्मेवारी समेत हेरफेर गरेको छ । फूटको पक्षमा लागेकाहरुलाई जिम्मेवारी मुक्त गर्दै १ सय ११ सदस्यीय अधिवेशन आयोजक कमिटी बिस्तार गरिएको नेकपा बलेफी गाउँपालिका कमिटीका अध्यक्ष डम्बर थापाले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकलाई दाहाल नेपाल पक्षको पकड मानिएपनी स्थानिय तहसम्मको गतिबिधीले ओलि पक्ष शशक्त नै रहेको ओलि पक्षिय नेताहरुको दावी छ । ‘जिल्लास्तरमा टाउको गनेर हैन को ठूलो भन्ने त जनाधारले पुष्टी गरिसकेको छू,’ केन्दृय सद्स्य सरेश नेपालले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्