कंगनामाथि चोरीको आरोप



एजेन्सी ।

बलिउडकी चर्चित अभिनेत्री कंगना रनौतविरुद्ध फिल्मको कथा चोरेको आरोप लागेको छ । कंगनाको बहुप्रतीक्षित फिल्म ‘मणिकर्णिका रिटन्र्सः द लीजेण्ड अफ दिद्दा’ को कथा चोरिएको आरोप लागेको छ ।

फिल्म अनाउन्समेण्टको केहि घण्टा अगाडि मात्रै दिद्दाको बायोग्राफी लेखक आशीष कौलले कंगनामाथि कथा चोरेको आरोप लगाएका छन् । आशिष कौलले नवभारत टाइम्ससँगको अन्तर्वार्तामा यसबारे खुलासा गर्दै कंगनाले आफ्नो कहानी चोरेको आरोप लगाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्