नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाट डिजेल चोरी



काठमाडौँ ।

दक्षिण एशियाको पहिलो अन्तरदेशीय नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाटै हजारौं लिटर डिजेल चोरी भएको छ । पटनाबाट नेपाल ल्याइएको इन्डियन आयल कर्पोरेशन लिमिटेड (आईओसीएल) को पाइपबाट हजारौं लिटर डिजेल चोरी भएको हो ।

पटनाबाट सिवान र मोतिहारी हुँदै नेपालको बाराको अमलेखगञ्ज हुँदै आएको पाइपलाइन भारतको सिम्बरको टिम्बर नवीनगञ्ज ब्लाकको डुमरा गाउँ नजिकै चोरी भएको हो ।

पाइपलाइनको सुरक्षामा खटाइएका कर्मचारीले खेतमाथि डिजेल बगेको देखेपछि अधिकारीलाई उक्त चुहावटबारे जानकारी गराएका थिए । अनुसन्धानपछि मुख्य पाइपलाइनबाटै तेल चोरिएको भएका देअिएको थियो । चोरहरूले मुख्य पाइपलाइनमा छुट्टै अर्को पाइप जोडेर डिजेल निकाल्ने गरको देखिएको छ ।

दक्षिण एसियाकै पहिलो क्रसबोर्डर पेट्रोलियम पाइपलाइन रहेको उक्त परियोजना गतवर्ष भदौ २४ गते नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्‍घाटन गरेका थिए । हाल यस पाइपलाइनबाट नेपालमा डिजेल आपूर्ति भइरहेको छ । यस घटनापश्चात अधिकारीहरूले जिल्ला प्रशासनलाई यसबारे जानकारी गराएका छन् । यसको साथसाथै स्थानीय पुलिस स्टेशनमा पनि रिपोर्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्