बाँकेमा कोरोनाबाट एक महिलाको मृत्यु



काठमाडौं । बाँकेमा कोरोना भाइरस संक्रमित एक महिलाको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा नेपालगञ्ज उपमहानगरपालिका–१ की ८० वर्षीया वृद्धाको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि उनी पुस २६ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएकी थिइन् । कोरोना परीक्षण गर्दा उनीमा संक्रमण पुष्टि भएपछि उनलाई भेरी अस्पतालको आइसोलेसनमा राखिएको थियो । रोगको प्रकृति अनुसार उनलाई अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्