ओलीविरुद्ध कांग्रेसले भोलि देशभर विरोध प्रदर्शन गर्ने



काठमाडौं । प्रधानमन्त्री केपी ओलीविरुद्ध गाउँ गाउँमा नेपाली कांग्रेसको विरुद्ध प्रर्दशन गर्ने भएको छ । संसद विघटनको कदमविरुद्ध नेपाली कांग्रेसले माघ ३ गते देशभर विरोध प्रदर्शन गर्ने भएको हो ।

काग्रेसका सभापति शेरबहादुर देउवाले कार्यक्रममा सक्रिय सहभागी हुन अपील गरेका छन् । पुष् १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुष् २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको नेपाली कांग्रेसले शनिबार भोली ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै छ ।

शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु ।’संसद विघटनको कार्यलाई नेपाली कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ । त्यसविरुद्ध कांग्रेस एक्लै संघर्षमा छ ।

प्रतिक्रिया दिनुहोस्