‘ओलीले गरे लोकतन्त्रको अपहरण’



नेपाल समाचारपत्र, सर्लाही ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगनकुमार थापाले नगरिकबाट प्राप्त लोकतान्त्रिक उपलब्धिलाई संस्थागत गर्नुको साटो प्रधानमन्त्री केपी शर्मा ओलीले अपहरण गरेको बताउनुभएको छ । बुधबार सर्लाहीको लालबन्दीमा नेपाली कांग्रेसले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले उक्त कुरा बताउनुभएको हो ।

१० वर्ष लगाएर बनाएको संविधानलाई प्रधानमन्त्री ओलीले अपहरण गरेकाले अदालतले संविधानको संरक्षण गर्ने पूर्वमन्त्री थापा बताउनुहुन्छ । उहाँले न्यायालय र न्यायाधीशहरुलाई विभिन्न बहानामा धम्काउने काम तत्काल बन्द गर्न प्रधानमन्त्री ओलीलाई चेतावनीसमेत दिनुभएको छ ।

थापाले प्रधानमन्त्री संघीयता पक्षधर नभएकाले जुनसुकै बेला पनि प्रदेश, स्थानीयतह र संविधान खारेज गर्न सक्ने भएकाले सजक भएर बस्न कार्यकर्तालाई आह्वान गर्नुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीलाई बालुवाटारको इशारामा नभई संविधानका धारा र उपधाराअनुसार अघि बढ्न पनि उहाँले सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्