उद्यमी महिला संघमा नयाँ नेतृत्व



भक्तपुर, (नेस)

नेपाल उद्यमी महिला संघ भक्तपुरको नयाँ नेतृत्व चयन भएको छ । संघको भेलाले अन्जना बासुकलाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । संघको उपाध्यक्षमा गंगा लक्ष्मी अवाल, सचिवमा शर्मिला शिल्पकार, सहसचिव मन्दिरा सिलाकर, कोषाध्यक्षमा सबिका त्वायनाबासु र सहकोषाध्यक्षमा मिनु झाङ चयन हुन भएको छ ।

संघका सदस्यहरुमा लक्ष्मी रञ्जित, चित्रा किसी, चन्द्र लक्ष्मी प्रजापति, निशा शिल्पकार, रामकेशरी गोरा, सृष्टि प्रजापति र लीला रिजाल रहनु भएको छ । संघको नयाँ नेतृत्वले महिलाहरुलाई उद्यमतर्फ आकर्षित गर्दै र संगठित गर्दै उद्यमशीलताको विकास र महिला सीप र सशक्तिकरणका लागि थप काम गर्ने उपाध्यक्षमा गंगा लक्ष्मी अवालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्