नेपाल सहकारी बैंकको दर्ता प्रक्रिया शुरू



काठमाडौं, (नेस)

प्रस्तावित नेपाल सहकारी बैंकको दर्ता प्रक्रिया शुरू गर्न प्रारम्भिक भेला माघ १७ गते काठमाडौंमा हुने भएको छ । मुलुकभरका करिब ३५ हजार सहकारी संस्थाको आर्थिक कारोबार राख्ने गरी बंैक स्थापना गर्न प्रक्रिया अघि बढाइएको हो ।
नेपाल सहकारी बैंकको नाममा दर्ताका लागि आवश्यक तयारी पँरा भएको बैंक गठन कार्यदलका संयोजक सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भेला लगत्तै प्रक्रिया अघि बढ्ने र मुलुककै सहकारी क्षेत्रको सबैभन्दा ठँलो बंैक हुने जानकारी गराउनुभयो । संस्था दर्ता हुन ५ सय १ सहकारी संस्था आवश्यक पर्छ । तीमध्ये हालसम्म करिब एक हजार संस्था दर्ता प्रक्रियामा सहभागी हुने तयारी भइरहेको छ । बैंकमा सदस्य सहकारी हुन आवेदक सहकारीले लगातार तीन वर्षदेखि नाफामा रहेको हुनुपर्नेछ ।

बैंक स्थापना हुन आवश्यकभन्दा बढीनै फाइल संकलन भइसकेको भण्डारीले बताउनुभयो । ‘अहिले सञ्चालनमा रहेको सहकारी बैंकले सबै सहकारी संघसंस्थाको आवश्यक्ता पुरा गर्न सक्दैन,’ उहाँले भन्नुभयो– ‘त्यसका लागि नयाँ बैंक स्थापना गर्ने प्रक्रिया अघि बढाएका हौं,’ संयोजक भण्डारीले बताउनुभयो । प्रारम्भिक चरणमा बैंकको शेयर पुँजी ३ अर्ब रुपियाँ हुने उहाँले बताउनुभयो । सहकारी ऐन २०७४ को परिच्छेद ८ को धारा ५३ मा सहकारी बैंक स्थापना गर्न पाउने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्