तराई क्षेत्रमा बाक्लो कुहिरो, आन्तरिक उडान ठप्प

काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्यो



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौंसहित तराई क्षेत्रका जिल्लहरुमा कुहिरो लागेपछि आन्तरिक उडान ठप्प भएका छन् । उपत्यकासहित देशका हकिांश भूभागमा बादल लागेका कारण जाडो महसुस भएको छ । तराईका भूभागहरुमा बाक्लो कुहिरो देखिएको छ भने काठमाडौं उपत्यका र पश्चिम पहाडी भूभागहरुमा पनि बादल लागेको छ ।

नेपालमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्युन चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्युन चापीय क्षेत्रको प्रभावका कारण चिसो बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम भएकाले आन्तरिक उडान ठप्प भभएको बताईएको छ । आज विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत विमानस्थलमा आन्तरिकतर्फका सबै उडान प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्