हाफ म्याराथनमा खगेन्द्र र कान्छीमाया पहिलो



कृष्णउदास खनाल, वीरगञ्ज ।

पर्सागढी नगरपालिकामा बिहीबार सम्पन्न पर्सागढी हाफ म्याराथन दौडमा खगेन्द्र बहादुर भाटले पहिलो स्थान प्राप्त गरेका छन् ।माघे संक्रान्तिको अवसरमा भएको सो हाफ म्याराथन जितेर खगेन्द्रले २१ हजार नगद पुरस्कार प्राप्त गरे ।

यस्तै, दोस्रो हुने अजितकुमार यादवले १५ हजार र तेस्रो हुने ज्ञानप्रसाद भट्टराईले १० हजार नगद पुरस्कार हासिल गरेका थिए । यस्तै, महिलातर्फ कान्छीमाया कोजुले पहिलो स्थान हासिल गरेकी थिइन् ।

दोस्रोमा बिन्दा श्रेष्ठ र तेस्रामा सञ्जिता विक रहेका थिए । त्यसैगरी, विद्यार्थीहरूका लागि आयोजित पाँच किलोमिटरको छात्र दौडको प्रथम हुने किरण लिम्बूलाई ५ हजार, दोस्रो हुने विकास पोखरेललाई ३ हजार र तेस्रो हुने विजय चापागाईंलाई २ हजार नगदसहित पुरस्कृत गरिएको थियो । छात्रातर्फ सरस्वती बोहरा, अञ्जु खड्काले शीर्ष दुई स्थान ओगेटेका थिए ।

प्रतिक्रिया दिनुहोस्