दुश्मनले घेरिएका छन् करण जोहर



बलिउडका चर्चित निर्माता निर्देशकमध्ये एक हुन् करण जोहर। बलिउडमा धेरैको मनमा बस्न सफल छन् करण। तर, उनलाई घृणा गर्ने र मन नपराउने, उनीसँग दुश्मनी मोल्ने सेलिब्रेटी पनि उत्तिकै छन्। करणसँग उनीहरुको दुश्मनीबारे यहाँ चर्चा गरिएको छ :

श्रद्वा कपुर


अभिनेत्री श्रद्धा कपुरलाई करणले अहिलेसम्म आफ्नो चर्चित शो कफी विथ करणमा बोलाएका छैनन्। श्रद्धाले करणले धेरै कलाकारको करिअर बिगारेको अभिव्यक्ति दिएपछि उनिहरुले एक–अर्कालाई मन पराउँदैनन्।

सुशान्तसिंह राजपुत

दिवंगत अभिनेता सुशान्तसिंह राजपुतले पनि करणलाई मन पराउँदैनथे। करणले सुशान्तलाई आफ्नो प्रोडक्सन हाउसमा प्रतिबन्ध लगाएका थिए। भनिन्छ– करण सुशान्तको करिअर सखाप पार्न चाहन्थे।

अनुश्का शर्मा

फिल्म रब ने बना दी जोडीमा करणले अनुश्का फिल्म इन्डस्ट्रीबाहिर भएका कारण काम गर्न मानेका थिएनन्। त्यति बेला करणले अनुश्काको व्यक्तित्व मन पराएका थिएनन्। रिपोर्टअनुसार करणले फिल्म ए दिल हे मुस्किलको सुटिङका दौरान अनुश्काको भत्र्सना गर्ने गर्थे। यही कारण अनुश्का करणबाट टाढा रहन रुचाउँछिन्।

प्रियंका चोपडा

भनिन्छ अभिनेत्री प्रियंकाको अभिनेता शाहरुख खानका साथ अफेयर चलिरहेका बेला करणले प्रियंकालाई आप्mनो प्रोडक्नसन हाउसबाट प्रतिबन्धित गरेका थिए। त्यस बेलादेखि उनीहरुको सम्बन्ध चिसिएको थियो।

आयुषमान खुराना

आयुषमानको फिल्म बिक्की डोनर सफल भएपछि मात्र कारणले आयुषमानलाई आप्mनो नम्बर दिएका थिए। त्यसभन्दा पहिले आयुषमानले फोन गर्दा करणको म्यानेजरले करणले स्टारहरुका साथ मात्र काम गर्ने बताएपछि आयुषमानले करणसँग कहिल्यै काम नगर्ने निर्णय लिएका थिए।

कंगना रनावत

कंगना नेपोटिज्मका बारेमा खुलेर आप्mनो विचार राख्ने अभिनेत्री हुन्। कंगनाले करणलाई नवकलाकारहरुसँग काम नगर्ने आरोप लगाएकी थिइन्। यसैबाट उनीहरुको दुस्मनी शुरु भएको थियो। करण कंगनाको फिल्मी करिअर बिगार्न चाहन्थे। तर, उनी असफल भए।

प्रभास

करणले बाहुबली अभिनेता प्रभास र अभिनेत्री अनुश्का शेट्टीबीचको अफेयरको हल्ला फिँजाएका थिए। जुन कुरा प्रभासलाई मन परेन। यस कारण प्रभासले करणलाई नकारात्मक प्रचार गर्ने भन्दै आरोप लगाएका थिए।

मनोज बाजपेयी

मनोजले करणका कारण बलिउडमा नेपोटिज्मको कुरा स्वीकार गरेका थिए। मनोजले करणको धर्मा प्रोडक्सनको कुनै पनि फिल्ममा काम गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस्