मोटी सुन्दरी छानिने



मोडल सङ्स नेपालले आयोजना गर्दै आएको सुपर प्लस साइज मोडल–२०२१ यस वर्ष पनि छानिने भएको छ। यसका लागि आगामी आगामी माघ १० गते अडिसन गरिने भएको छ। टेलिभिजनकर्मी सरोज ओझा, अभिनेता दीपक डोटेल, कोरियोग्राफर रोजिन शाक्य र प्लस साइज मोडेल रुबी महतो सम्मिलित निर्णायक मण्डलले मोडलहरुको छनोट गर्नेछ।

छनोटमा परेका प्रतियोगीहरुलाई कोरियोग्राफर रोजिन शाक्यले मोडलिङसम्बन्धी ज्ञान तथा प्रशिक्षण दिनेछन्। प्रशिक्षणपश्चात् सहभागीबीच स्पर्धा गराइनेछ। प्रतियोगिताका विजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता वल्र्ड टप प्लस साइज–२०२१ मा सहभागिता जनाउन पाउने कम्पनीका प्रमुख डेभिलसिंह राजपुतले बताए।

उत्कृष्ट तीन रनर्सअपले विभिन्न गिफ्ट ह्याम्परका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न फेसन शो तथा सौन्दर्य प्रतियोगितामा समावेश हुने अवसर प्राप्त गर्ने आयोजकले बताएका छन्।

प्रतियोगितामा सहभागी हुन १६ देखि ५५ वर्ष उमेर समँहका विवाहित तथा अविवाहित युवती र महिलाले भाग लिन सक्नेछन्। ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रूपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान तोकिएको छ। यसै संस्थाले नेपालमै पहिलोपटक मोटोपना भएका युवाका लागि मिस्टर प्लस साइज नेपालको आयोजना गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्