सुदीपको दिलमा फोटो



छायाँकार सुदीप बराल निर्देशन यात्रामा पनि उत्तिकै अगाडि बढिरहेका छन्। उनले पछिल्लोपटक निर्देशन गरेको दिलमा फोटो बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

आरबी सिर्जन र मेलिना गुरुङको स्वरले सजिएको गीतमा वसन्त सापकोटाको शब्द रचना र संगीत रहेको छ। रविन न्यौपानेको छायांकन रहेको यस गीतको म्युजिक भिडियोमा कविराज गहतराजको सानदार कोरियोग्राफी छ।

भिडियोमा रेनिष फागोको कलर र मनोहरि पौडेलको प्रडक्सन रहेको छ। भिडियोमा निर्देशक सुदीप बरालले नाजिर हुसेन र उषा उप्रेतीलाई अनस्क्रिन रोमान्स गराएका छन्।

प्रतिक्रिया दिनुहोस्