इटालीमा सयौं माफियाविरुद्ध एकैचोटि मुद्दा



मिलान, (एजेन्सी)

इटालीको सबैभन्दा शक्तिशाली माफिया समँहका सयौं सदस्यले मुलुकको न्यायालयको सामना गर्न लागेका छन् । यसलाई इटालीको अहिलेसम्मकै सबैभन्दा ठँलो संगठित अपराध मुद्दा मानिएको छ । ‘ड्रान्घेटा’ नामक सो माफिया समँहमाथि गरिएको लामो अनुसन्धानपछि आशंकित ३ सय ५५ जना माफिया सदस्य तथा भ्रष्ट सरकारी अधिकारीमाथि मुद्दा चलाइएको हो ।

तिनीहरूमाथि लगाइएको हत्या, लागुऔषध ओसार–प्रसार, जबर्जस्ती रकम असुली र मुद्रा अपचलनजस्ता मुद्दाका सिलसिलामा ९ सय जनाभन्दा बढी साक्षीले प्रमाण पेस गर्ने आशा गरिएको छ । बुधबारदेखि शुरू भएको मुद्दा दुई वर्षभन्दा बढी लम्बिन सक्ने बताइएको छ । ‘ड्रान्घेटा’ समँहको विशेष पकड भएको मानिने इटालीको दक्षिणी क्षेत्रको क्यालाब्रियास्थित विशेष किसिमले बनाइएको भवनमा यो मुद्दा चलाइएको छ ।

कुनै समय लामेजिया टर्मे शहरको कल सेन्टरको रूपमा रहेको यस भवनलाई कानुनी कारबाही बढाउन सयौं व्यक्ति अटाउने सुरक्षित अदालतमा परिणत गरिएको छ । ८० को दशकयता इटालीमा यति ठँलो संख्यामा माफियाका सदस्यहरूलाई मुद्दा चलाइएको यो पहिलोपटक हो ।

यसअघि सन् १९८६ देखि १९९२ सम्म चलाइएको मुद्दा सिसिलीका थुप्रै संगठित अपराधसँग जोडिएका परिवारमाथि केन्द्रित रहेको थियो । तर, यो मुद्दा भने ‘ड्रान्घेटा’ माफिया सञ्चालन गर्ने एउटै समँह अर्थात् परिवार ‘मान्कुसो’ माथि लक्षित रहेको छ । यस कुख्यात माफियाको कारोबार विशेषगरी क्यालाब्रियनको भिवो भ्यालेन्सिया प्रान्तमा सक्रिय रहेको छ । माफिया सदस्यसँगै राजनीतिज्ञ, प्रहरी अधिकारी र सरकारी कर्मचारीविरुद्ध पनि मुद्दा शुरू गरिएको हो ।

यस माफिया समँहका बोस ६६ वर्षीय लुइगी मान्कुसो उर्फ ‘दि अंकल’ हुन् । अन्य महŒवपँर्ण कुख्यात अपराधीमा ‘दि वुल्फ’, ‘फ्याटी’ र ‘ब्लोन्डि’ जस्ता उपनामका व्यक्ति रहेका छन् । मुद्दा चलाइनेमा इटालीका पँर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको फोर्जा इटालीया पार्टीको पँर्वसिनेटर तथा पेसाले वकिल गियानकार्लो पिटेल्ली पनि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्