माघे संक्रान्तिको अवसरमा मेराथन प्रतियोगिता



कृष्णउदास खनाल, वीरगन्ज ।

पर्सागढी नगरपालिकामा बिहीबार पर्सागढी हाफ मेराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । पर्सागढी नगरपालिकाको सहयोग र स्थानीय गैर सरकारी संस्था जागृति युवा क्लब पकडिया बढनिहारको आयोजनामा तथा जिल्ला एथलेटिक्स संघ पर्साको संयोजनमा २१ किलोमिटरको हाप मैराथन दौड प्रतियोगिता सम्पन्न भएको हो ।क्लबका अध्यक्ष रबिशंकर चौधरीको अध्यक्षतामा भएको मैराथनको उद्घाटन नगर प्रमुख लोकनारायण यादबले गर्नुभएको थियो।

प्रतियोगितामा सात वटै प्रदेशका म्याराथनका खेलाडीका साथै विभागीय क्लबका खेलाडी पुलीस क्लब, आर्मी क्लब र बिधार्थीहरुको सहभागीता रहेको थियो । हाफ मैराथन प्रतियोगितामा प्रथम हुने खगेन्द्र बहादुर भाटलाई २१ हजार, दोस्रो हुने अजित कुमार यादवलाई १५ हजार र तेस्रो हुने ज्ञान प्रसाद भट्टराईलाई १० हजार नगर पुरस्कार प्रदान गरिएको छ ।

यस्तै, महिलातर्फ प्रथम हुने कान्छी माया, दोस्रो हुने बिन्दा श्रेष्ठ र तेस्रो हुने संजिता बिकसहित दसौं नम्बर सम्मको खेलाडीहरुलाई नगद, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।त्यसैगरी, बिधार्थीहरुको लागि आयोजित पाँच किलोमिटरको हाफ म्याराथुनमा दौड प्रतियोगिताको प्रथम हुने किरण लिम्बुलाई ५ हजार, दोस्रो हुने बिकास पोखरेललाई ३ हजार र तेस्रो हुने बिजय चपागाईलाई २ हजार नगदसहित पुरस्कृत गरिएको थियो ।

सो प्रतियोगिताको महिलातर्फ प्रथम सरस्वती बोहरा, दोस्रो अन्जु खड्कासहित दशौं नम्बर सम्मका खेलाडीहरुलाई समेत नगद, प्रमाण पत्र, शिल्ड मेडलले पुरस्कृत गरीएको थियो ।कार्यक्रममा एथलेटिकस संघ महासचिव धनवीर चौधरी, केन्द्रीय सदस्य मोहन प्रसाद, वडाध्यक्ष बेदमन दास थारु, उद्धब बहादुर उप्रेती, नेपाल कम्युनिस्ट पार्टी नगर संयोजक गोकर्ण पाठक लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्