योगकै कारण अन्य मुलुकको तुलनामा नेपाली जनता स्वस्थ : मन्त्री श्रेष्ठ



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मनको भाव शान्त र शुद्द पार्न योग आवश्यक रहेको बताउनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृण्ण गोपाल श्रेष्ठको संयोजकत्वको राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा प्रधानमन्त्री निवास वालुवाटारमा भएको योग दिवसलाई सम्बोधन गर्दै प्रम ओलीले नेपालमा करिब १५ हजार वर्ष अघि योग शुरु भएको बताउनुभयो ।

आदी योगको भुमीको रुपमा रहेको नेपाललाई योगमय बनाउन योगगुरुहरुको महत्वपुर्ण भुमिका रहेको बताउनुभयो । भन्नुभयो–मानव, जीव, अन्यजीव र प्रकृतीसंग जोडिएको शब्द योग हो, हरेक नेपालीले स्वथ्य रहन हरेक दिन योग गर्न आवश्यक छ । उहाले जीवनलाई कसरी मानव जीवन बनाउने भन्ने विषय योगसंग जोडिएको उल्लेख गर्दै योगकै

कारण अधिकांस नेपाली स्वथ्य भएको उल्लेख गर्नुभयो । हरेक वर्षको जुन २१ मा अन्तराष्ट्रिय योग दिवस मनाउने गरेको स्मरण गराउदै उहाले सो दिन नेपालकै सहमतिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघबाट पारित गर्नुभएको बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तरराष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गर्नुभएको थियो ।

सूर्य दक्षिणायनमा पुग्ने समयमा अन्तराष्ट्रिय योग दिवस मनाउनु हाम्रो गौरबको विषय हो, विश्वभर योग दिवन मनाउनुपर्छ भन्ने प्रस्ताब नेपाल र भारत दुवै देशको हो–प्रम ओलीले भन्नुभयो । उहाले अब नेपालले ध्यान दिवस बनाउने विषयमा छलफल शुरु गर्नपर्ने बताउनुभयो । प्रम ओलीले करिब १० मिनेट योग अभ्यास गरेपछि करिब १ घण्टा बोल्नुभएको थियो ।

मुल समारोह समितिका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्रेष्ठले योग शिक्षा र अभ्यासलाई सबै नेपालीले ग्रहण गर्नुपर्ने बताउनुभयो । उहाले अधिकांस नेपालीले योग गर्ने संस्कार शुरु गरेको बताउदै योगकै कारण अन्य मुलुकको तुलनामा नेपाली जनता स्वथ्य रहेको दाबी गर्नुभयो । उहाले योगलाई ब्यापक गर्न सरकारले पाठ्यपुस्तकमै योग विषय समेटेको जानकारी गराउनुभयो । सरकारले यो वर्ष ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने आदर्श वाक्य तय गरेको थियो ।

दिवसमा मन्त्रीहरु,चारै सुरक्षा निकायका प्रमुख, विघटित प्रनिनिधि सभाका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, उच्च कर्मचारी, योगगुरु, अभ्यासकर्ता, शिक्षाकर्मीलगायत सहभागी थिए ।

कार्यक्रममा योगगुरु क्षितिज बराकोटीले योगाभ्यास गराउनुभएको थियो । योगगुरु आनन्द अरुणले विश्वमा योगाभ्यास बढ्दो हुँदै गएको र तीन करोडले दैनिक योग गर्ने गरेको बताउनुभयो । उहाले अब योग दिवस मात्र नभै ध्यान दिवस मनाउने विषयमा सरकारले पहल गर्नुपर्ने बताउनुभयो । उहाले भन्नुभयो–अन्तराष्ट्रिय ध्यान दिवस बनाउने विषयमा सरकारले जोडदार पहल गर्नुपर्छ । अधिकांस योग गुरुले बुद्धजयन्तीको दिनलाई ध्यान दिवस मनाउनुपर्ने आवाज उठाउदै आएका छन् ।

नेपालमा वि.सं. २०७२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाइँदै आइएको छ । यो छैठौ योग दिवस हो । सरकारले यो दिवसलाई सप्ताहब्यापी रुपमा मनाउने भएको छ । कार्यक्रममा शिक्षा सचिव गोपी मैनालीले योगको महत्वको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रमममा योग गुरु यतिराज भट्टराईलाई प्रधानमन्त्री ओली, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री श्रेष्ठले २५ हजार नगद सहित सम्मान गरिएको थियो । त्यस्तै प्रम ओली, मन्त्री श्रेष्ठ र योग गुरु आनन्द अरुण , क्षितिज बराकोटीले पातञ्जल योग बुलेटिन बिमोचन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्