विन्धबासिनी सहकारीको ७ तल्ले बहुउद्देश्यीय भवन बन्ने



काभ्रे ।

विन्धबासिनी सहकारीले स्थापनाको २७ वर्षमा बनेपामा ७ तल्ले बहुउद्देश्यीय भवन निर्माण गर्ने भएको छ । राष्ट्रिय सहकारी महासघंका अध्यक्ष मीनराज क“डेलले भवनको शिल्यान्यास गर्नुभएको छ । सहकारीले पौने चार अर्बको कारोवार गरेको छ भने ४७ हजार ५८ जना व्यक्तिलाई सेवा उपलब्ध गराएको छ ।

उक्त संस्थाका ७ वटा सेवा केन्द्र, ७ वटा सेवा कार्यालय र मुख्य कार्यालयमा समेत गरी ८९ जना कर्मचारी छन् । सहकारीका अध्यक्ष प्रदीप थापाले निर्धारित समयभित्र बहुउद्देश्यीय भवन निर्माण सम्पन्न हुने बताउनुभयो ।सहकारीले निर्माण गर्ने भवनमा शेयर सदस्यहरुले उत्पादन गरेका वस्तुको भण्डारण, ग्रेडिङ, प्याकेजिङ र लेभलिङ गरी सदस्यहरुको हितका लागि भवन प्रयोग गरिने अध्यक्ष थापाले बताउनुभयो ।

बनेपाको चार दोबाटोभित्र ३१ आना जग्गामा दुईवटा भवन निर्माण हुने सहकारीका प्रमुख कार्यकारी अधिकृत केवी लामाले बताउनुभयो । ‘भवनमा मुख्य कार्यालय, बनेपा क्षेत्रको कार्यालयको अलावा मिनिमार्ट, रेस्टुरेन्ट सञ्चालन हुनेछ । शेयर सदस्यहरुले उत्पादन गरेको कृषि उपजलाई भण्डारण गर्न कोल्डस्टोर निर्माण गरिनेछ,– प्रमुख कार्यकारी अधिकृत केवी लामाले भन्नुभयो । १० करोड १० लाखको इस्टमेट गरिएकोमा ई–बिडिङबाट ७ करोड ३८ लाखमा निर्माण व्यवसायीस“ग सम्झौता भएको छ । १८ महिनामा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको भवनमा २५ जना अट्ने आवसीय तालिम केन्द्र र २ सय अट्ने सभा हल निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्