‘इन्जिनियर अफ इन्जिनियरिङ एजुकेसन’ बजारमा



काठमाडौं । नेपालमा इन्जिनियरिङ क्षेत्रको विकास, विस्तार तथा यसका विविध आयाम समेटिएको प्राडा भोला थापाद्वारा लिखित ‘इन्जिनियर अफ इन्जिनियरिङ एजुकेसन’ अंग्रजी पुस्तक बजारमा आएको छ ।

काठमाडौं विश्वविद्यालयका पूर्वरजिस्ट्रार प्राडा थापाले नर्वेली प्राध्यापक डा. इन्गे योहान्सनलाई मुख्य पात्र बनाएर लेखेको यस पुस्तकमा काठमाडौं विश्वविद्यालयको इन्जिनियरिङ कार्यक्रमको प्रारम्भदेखि अहिलेसम्म विकासलाई समेटिएको छ ।काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति डा. सुरेशराज शर्माले पुस्तक ऐतिहासिक रहेको जनाउँदै प्रायः इन्जिनियरिङ र मेडिसिन विषय पढ्नेहरु अध्यापन पेसाभन्दा विकासका अन्य फाँटतिर जान चाहनेक्रम विकासोन्मुख देशहरुमा मात्र नभई अन्यत्र पनि भएको उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभयो– ‘आफ्नो योग्यताको सही प्रयोग र आर्थिक लाभ पनि विकासका फाँटतिरै हुन्छ भन्ने अवधारणा विश्वका धेरै देशहरुमा पाइन्छ । नेपालमा पनि त्यस्तै अवधारणा रहेको अवस्था थियो । सेवा गर्दा शिक्षण पेसामा आफ्नै दोस्रो तहकाको विकल्प मात्र हुन्थ्यो ।  उहाँले पुस्तकमा नर्वेमा आफ्नो विधामा इन्जिनियरिङ शिक्षालाई शिखरसम्म पु¥याएका प्रा. इन्गे योहान्सनलाई नेपाल ल्याई काठमाडौं विश्वविद्यालयलाई सघाएको र मार्गदर्शन गरेको योगदानको सेरोफेरो थापाको यस पुस्तकको वृत्तान्तमा रहेको जनाउनुभएको छ ।

डा. सीताराम अधिकारीले नेपालको इन्जिनियरिङ शिक्षाको संक्षिप्त ऐतिहासिक झलक यस पुस्तकमा पढ्न पाइने बताउनुभयो । उहाँले भन्नुभयो– ‘काठमाडौं विश्वविद्यालयका बारेमा अनुसन्धान गर्न चाहनेका लागि अर्को कडी र महŒवपूर्ण दस्तावेज बनेको यस पुस्तकका लागि लेखक डा. भोला थापालाई धन्यवाद तथा बधाई ज्ञापन गर्दै पुस्तकको सफलताका लागि शुभकामना व्यक्त गर्दछु ।

काठमाडौं विश्वविद्यालयका पूर्वरजिस्टार प्राडा भद्रमान तुलाधरले पुस्तकमा काठमाडौं विश्वविद्यालयमा इन्जिनियरिङ शिक्षाको शुरुआत, विकास, विस्तार, सुदृढीकरणको इतिहास र यसमा अहम् भूमिका खेलेका संस्थापकहरु शिक्षकहरु र इन्जिनियरको बारेमा चर्चा गरिएको बताउनुभयो । उहाँले भननुभयो– ‘साथै नर्वेको सहयोग प्राप्त गर्न अथक योगदान दिने प्राडा इन्गे योहान्सनबारे अभिलेखका रुपमा प्रस्तुत गर्न प्राडा भोला थापाको प्रयासको प्रतीक हो ।पुस्तकमा डा. थापाले नेपालको इन्जिनियरिङ क्षेत्रको विकासको सन्दर्भलाई सान्दर्भिक ढंगले उठान गरेको सिन्टेफ इनर्जीका भाइस प्रेसिडेन्ट पिटर स्टोइयाले उल्लेख गरेका छन् ।लेखक प्राडा थापाले आफूले अनुभव र अनुसन्धानको विषयलाई पुस्तकमा समेट्ने कोसिस गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्