उदयराजले ल्याए एकबारको जुनी सार्वजनिक



काठमाडाैं । सञ्चारकर्मी उदयराज शर्माले गाएको एकबारको जुनी बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। गीतमा उदयराजको स्वर रहेको छ भने अरुण तिवारीको शब्द र दीपक शर्माको संगीत रहेको छ।

गीतमाथि आकर्षक म्युजिक भिडियो निर्माण गरिएको छ। यसको आकर्षक म्युजिक भिडियोमा उदयराजका साथमा टेलिफिल्महरुमार्फत चर्चा कमाएकी अनुमति नेपालीले अभिनय गरेकी छिन्। उदयराजकै निर्देशनमा बनेको म्युजिक भिडियोको सम्पादन पनि उनैले गरेका छन् भने मोहन लामाको कोरियोग्राफी तथा विष्णु ठकुरीको छायांकन रहेको छ। सिने संगालो युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत तथा म्युजिक भिडियोले दर्शकको माया पाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्