कंगनाको नक्कल गर्छिन् तापसी



काठमाडाैं । बलिउड अभिनेत्री कंगना रनावतले अर्की अभिनेत्री तापसी पन्नुलाई आफ्नो शैलीको नक्कल गरेको आरोप लगाएकी छिन्। आफ्नो फ्यानको एक ट्विटर पोस्ट शेयर गर्दै उनले तापसीले पछिल्लो म्यागेजिन फोटोसुटकका क्रममा आफ्नो शैलीको नक्कल गरेको आरोप लगाएकी हुन्।

कंगनाले तापसी पन्नु आफ्नो ठूलो फ्यान भएको र उनले सधैं आफ्नो शैलीको नक्कल गर्ने गरेको बताएकी छिन्। उनले बलिउडमा अभिनेता अमिताभ बच्चनपछि सबैभन्दा बढी आफ्नो शैलीको नक्कल गरिने पनि दाबी गरेकी छन्। कंगनाको एक फ्यानले तापसी र कंगनाको उस्तै–उस्तै पोज भएको फोटो राखेर तापसी सधैं कंगनाको नक्कल गर्ने गरेको लेखेका थिए।

कंगनाले उक्त ट्विटलाई रिट्विट गर्र्दै लेखेकी छिन्– ‘म यो कुराले धेरै खुसी छु कि उनी मेरो एक सच्चा फ्यान हुन्। उनले मेरो स्टाइल कपी गर्नका लागि आफ्नो पूरा जिन्दगी खर्च गरेकी छन्। किनभने उनी मदेखि ज्यादै इम्प्रेसिभ छिन्। त्यसो त कुनै पनि फिमेल सुपरस्टारले मैले जसरी पप कल्चरलाई अगाडि लान सकिरहेको छैनन्। मिस्टर बच्चनपछि मेरो नै सबैभन्दा बढी कपी गरिन्छ। उनले ट्विटरमा लेखेकी छिन्।

केही समयअघि कंगनाले तापसीलाई बी ग्रेड एक्ट्रेस भनेपछि शुरु भएको तापसी र कंगनाबीचको दुश्मनी बेला–बेलामा सामाजिक सञ्जाल र उनीहरुले एक–अर्काका बोरेमा दिने अभिव्यक्तिमार्फत झल्किरहेको देख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्