समीर र ममताको काफल गेडी कुटुक्कै सार्वजनिक



कठमाडाैं । गायक समीर मोक्तान र ममता गुरुङको नयाँ गीत काफल गेडी कुटुक्कै सार्वजनिक भएको छ। जसमा गीतकार डीपी खनालको शब्द रचना, शंकर थापा ‘स्माइल’ को संगीत तथा उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।
डान्सर सुशान्त खत्री र एलिशा राईको दमदार नृत्य रहेको यसको म्युजिक भिडियो राजीव समरको निर्देशनमा तयार पारिएको छ। म्युजिक भिडियो अर्जुन तिवारीको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ।

सुशान्त खत्रीकै कोरियोग्राफी रहेको काफल गेडी कुटुक्कैको भिडियो डस म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। सुशान्त खत्री र एलिशा राईको नै अभिनय रहेको गायक समीर मोक्तानको यसअघिको गीत निरमाया दर्शकले मन पराएका थिए।

प्रतिक्रिया दिनुहोस्