मिस र मिसेस ब्युटिफुल छानिँदै



काठमाडाैं । मेकअप आर्टिस्ट टेकराज पाण्डेको दक्ष इन्टरनेसनल प्रालिले हरेक वर्षभयस वर्ष पनि विवाहित र अविवाहित महिलाहरुका लागि छुट्टाछुट्टै सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ।

दक्षले महिलाहरुमा अन्तर्निहित प्रतिभा प्रस्फुटनका लागि मिस ब्युटिफुल नेपाल–२०२१ र मिसेस ब्युटिफुल नेपाल–२०२१ आयोजना गर्न लागेको हो। दक्ष इन्टरनेसनलका निर्देशक पाण्डेका अनुसार दुवै प्रतियोगिता एकै मञ्चमा एकसाथ आयोजना गरिनेछ। मिस ब्युटिफुलमा अविवाहित युवतीहरुले सहभागिता जनाउन सक्नेछन् भने मिसेस ब्युटिफुलमा विवाहित महिलाहरुले स्पर्धा गर्न सक्नेछन्।

दुवै प्रतियोगितका लागि अडिसनबाट सहभागी चयन गरिने पाण्डेले बताए। उनका अनुसार हालै राजधानीमा सम्पन्न पहिलो चरणको अडिसनबाट २२ जना चयन हुने भएका छन् भने आगामी माघ १० गते दोस्रो तथा अन्तिम चरणको अडिसन हुनेछ। दुवै अडिसनबाट छानिएका प्रतिस्पर्धीहरुलाई विभिन्न विधाको तालिम र प्रशिक्षण प्रदान गरी स्पर्धा उतारिने पाण्डेले जानकारी गराएका छन्।

उनका अनुसार प्रतियोगितामा शिर्ष उपाधिका साथ फस्ट र सेकेन्ड रनर्सअपका साथ विभिन्न उपउपाधिमा विजेता घोषणा गरिनेछ।दुवै उपाधिका लागि अभिनेता शीतल केसी, अभिनेत्री सञ्चिता लुइँटेल र मिसेस ब्युटिफुल नेपाल–२०२० उर्मिला भण्डारी निर्णायक रहेका छन्।

प्रतिक्रिया दिनुहोस्