सिरहामा पुष्पलाल स्मृति ब्याडमिन्टन शुरू



काठमाडौं । योनेक्स सनराइज १० औं पुष्पलाल स्मृति राष्ट्रिय  र्‍याकिङ ब्याडमिन्टन प्रतियोगिता’ बुधबार सिरहाको गोलबजारमा शुरू भएको छ ।नेकपानिकट खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघ तथा गोलबजार नगरपालिकाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको खेलकुद महासंघका संयोजक पूर्वयुवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले एक कार्यक्रमबीच उद्घाटन गरे ।

गोलबजार नगरपालिकाका मेयरको सभापतित्वमा भएको कार्यक्रममा सिराहा जिल्ला समन्वय समितिका संयोजक रामचन्द्र ठाकुरलगायत विभिन्न राजनीतिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।प्रतियोगितामा खेलाडीतर्फ राष्ट्रिय नम्बर १ खेलाडी रत्नजित तामाङ र निर्णायकको तर्फबाट अन्तर्राष्ट्रिय निर्णायक एवं प्रतियोगिता रेफ्री किरण कारञ्जितले प्रतियोगिताको मर्यादालाई मध्यनजर राख्दै विश्व ब्याडमिन्टन महासंघ, एसियाली ब्याडमिन्टन महासंघ र नेपाल ब्याडमिन्टन संघको नीति, नियमभित्र रही सहभागी हुने र प्रतियोगिता खेल्ने खेलाउने प्रतिबद्धता जनाए ।

प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघसँग आबद्ध ४७ जिल्ला तथा तीन विभागीय टोलीका खेलाडीहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।प्रतियोगितामा पुरुषतर्फ राष्ट्रिय १६ र्‍याकिङ र महिलातर्फ राष्ट्रिय १२ ¥याकिङ खेलाडीहरूको छुट्टै प्रतिपर्धा हुनेछ । यस्तै, त्यसबाहेक पुरुष र महिला एकल तथा युगल, ब्वाइज र गल्र्स १७ तथा भेट्र«ान्स ४५ माथि गरी झन्डै ९ विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्