परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाँदै



काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज बिहीबार भारतको नयाँदिल्ली जाँदै हुनुहुन्छ ।

तीन दिने भारत भ्रमणका क्रममा उहाँले भारतीय उच्च अधिकारीसँग भेट गर्नुहुने भएको छ ।आयोगको बैठकमा नेपाल भारत सीमा क्षेत्र व्यवस्थित गर्ने व्यापार तथा पारवहनको विषयमा समेत छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका दौरानमा परराष्ट्रमन्त्री ज्ञवालीले कोरोना संक्रमणविरुद्धको खोपको विषयमा भारतसँग सहकार्य गर्ने विषयमा समेत छलफल गर्ने बताइएको छ ।

तीन दिने भ्रमणका क्रममा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत भेट्ने सम्भावना रहेको छ । उहाँसँग भेट नभए राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गर्ने सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्