भद्रकालीमा बस दुर्घटना, ३ जना घाइते



काठमाडौं । काठमाडौं भद्रकालीमा बिहीबार बिहानै बस दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । बसपार्कबाट चन्द्रगिरी जाँदै गरेको बा ३ ख ४४३७ नम्बरको बस दुर्घटना भएको सिहदरबार प्रहरीले वृतले जनाएको छ ।

सिहदरबार प्रहरी वृतका प्रहरी इन्स्पेक्टर वेद बहादुर पौडलले जानकारी अनुसार बस दुर्घटनामा परी ३ जना घाइते भएका छन् । घाइतेको ट्रमा सेन्टरमा उपचार भैइरहेको छ । घाइते मध्ये दुई जनाको अवस्था सामान्य र एक जनाको अवस्था गभ्भिर रहेको प्रहरीले जनाएको छ ।

प्रहरी अनुसार बस दुर्घटना हुँदा केहीबेर भद्रकाली रोड जाम भएको थियो । अहिले दुर्घटना स्थल सामान्य भैइसकेको छ । दुर्घटना स्थलबाबाट बसलाई प्रहरीले साइडमा राखेको छ भने चालकलाई नियन्त्रणमा लिएको छ । घाइते ३ जना मध्ये एक चालक रहेको प्रहरीले जनाएको छ ।

वृत्तका इन्स्पेक्टर पौडलका अनुसार बसका साहु सम्पर्कमा आइसकेको र घाइतेको उपचार सबै आफैले गर्ने सहमति भएको छ । बस तिव्र गतिका कारण दुर्घटना प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्