कहिले उपलब्ध होला दशरथ रंगशाला



कविरस शर्मा, काठमाडौं ।

कोरोनाका कारण विश्वभर महिनाैंसम्म खेल गतिविधि ठप्प बन्यो । जसबाट नेपाल पनि अछूतो रहेन । १३औं दक्षिण एसियाली खेलकुद (साग) सकिएपछि पनि खेलाडीलाई प्रशिक्षणमा राख्ने योजना बनाइरहेकै बेला कोरोनाले नेपाली खेलकुद क्षेत्र नै प्रभावित बन्यो ।

तर, अहिले कोरोनाबाट बच्ने विधि अपनाउँदै विश्वका अन्य देशमा झैं नेपालमा पनि खेल गतिविधि पुनः सुचारु भइसकेको छ । फुटबल, क्रिकेटलगायत अन्य केही खेलले प्रशिक्षण शुरू गरिसकेका छन् । तर, राष्ट्रिय खेलकुद परिषद् र अधिकांश खेल संघले भने कोरोनाले गर्दा प्रभावित खेल गतिविधि कसरी अगाडि बढाउने भनेर चासो देखाएको पाइ“दैन । जसका कारण अधिकांश राष्ट्रिय टिम तयारीको प्रशिक्षण अझै शुरू हुन सकेको छैन । अहिले फुटबल, क्रिकेट तथा अन्य केही खेलबाहेक प्रशिक्षण नै ठप्प छ ।

लामो समय प्रशिक्षण रोकिँदा खेलाडीको फिटनेसमा चुनौती थपि“दै गएको छ भने खेलस्थलको अभावका कारण खेलाडीहरू थप मर्कामा परेका छन् । यसको प्रमुख कारणमध्ये दशरथ रंगशालामा रहेका अधिकाशं खेलस्थल प्रशिक्षणका लागि उपलब्ध नहुनु पनि एउटा हो ।

१३औं साग आयोजनाका लागि पुनर्निर्माण गर्नुपर्ने भएकाले बन्द गरिएको रंगशाला अहिलेसम्म पनि बन्द नै छ । लामो समय बन्द भएकोले त्यहा“ हुने गरेको बक्सिङ, कराते, उसु, तेक्वान्दो, जुडो, एथ्लेटिक्सको प्रशिक्षण प्रभावित बनेको छ । १३औं साग सकिएको १३ महिना बितिसक्दा पनि त्यहाँ रहेका ती खेलका प्रशिक्षणस्थल उपलब्ध नहुँदा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरूका साथै नया“ खेलाडी उत्पादनमा समेत असर परेको छ ।

दशकौं अघिदेखि दशरथ रंगशालामा ती खेलको निरन्तर प्रशिक्षण हु“दै आए पनि विगत दुई वर्षयता भने यो क्रम रोकिएको छ । विगतको तथ्यांक पल्टाउने हो भने कराते, बक्सिङ, तेक्वान्दो, जुडो, उसु, एथ्लेटिक्स यस्ता खेल हुन् जसले नेपाली खेलकुदको गरिमालाई उच्च राखेका छन् । तर, विगतमा यिनै खेलको प्रशिक्षण दशरथ रंगशाला पुनः सुचारु हुन नसक्दा भने सिभिल तथा मोफसलबाट उत्पादन हुने प्रशिक्षार्थीहरूमा भने ह्रास आएको छ ।

त्यति मात्र होइन, उपयुक्त खेलस्थलको अभाव कारण १३औं सागको बक्सिङ तर्फका स्वर्ण विजेता भूपेन्द्र थापा मगर पनि निराश छन् । थापा भन्छन्,–“लामो समयको लकडाउनले गर्दा ठप्प भएको प्रशिक्षणका कारण फिटनेसमा समस्या आएको छ ।

अहिले फिटनेसलाई सुधार्न प्रशिक्षण सुरु गरेको छु । प्रशिक्षणस्थल अभावका कारण दशरथ रंगशालास्थित भूकम्पबाट क्षतिग्रस्त स्विमिङ पुलको फ्लोरमा प्रशिक्षण थालेको छुं । तर, स्विमिङ पुलको ओरालो भुइ“मा प्रशिक्षण गर्दा खुट्टामा समस्या आउने सम्भावना त छँदैछ, अहिले त्यस ठाउँ फोहरको डंगुरले समेत भरिएको छ । पहिलेजस्तै दशरथ रंगशालाको बक्सिङ हल उपलब्ध नहुँदा प्रशिक्षण गर्न असहज भएको छ ।”हुनतः खेलाडीलाई वर्षैभरि प्रशिक्षणको व्यवस्था मिलाउन केही वर्ष अगाडि विशेष समिति नै बनेको थियो ।

नेपालमा खेलाडीले प्रतियोगिता आउनुभन्दा केही महिना अगाडिबाट मात्र होइन, वर्षैभरि प्रशिक्षण गरेर तयार रहनका लागि कराते, बक्सिङ, तेक्वान्दो, जुडो, उसु, एथ्लेटिक्स लगायतका करिब एक दर्जन खेलको राष्ट्रिय टिमलाई प्रशिक्षणको व्यवस्था मिलाउनका लागि उक्त विशेष समिति बनाइएको थियो । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पनि नेपालले जुन सफलता हात पा¥यो, त्यसमा एक मुख्य पक्ष खेलाडीको नियमित प्रशिक्षण पनि थियो । तर, अहिले सरकारले खेलकुद क्षेत्र पुनः सुचारु गरिसक्दा पनि दशरथ रंगशाला खेलाडीका लागि उपलब्ध हुन सकेको छैन । खेलाडीहरूका लागि अहिले यो प्रश्नको उत्तर पर्खाइको विषयसमेत बनेको छ ।

प्रतिक्रिया दिनुहोस्